नाइजेरियाको एक मस्जिदमा आक्रमण हुँदा २७ जनाको मृत्यु

नाइजेरियाको एक मस्जिदमा आक्रमण हुँदा २७ जनाको मृत्यु : Icon Khabar

अबुजा, भदौ ४ । नाइजेरियाको उत्तरपश्चिमी राज्य कात्सिनाको उन्गुवान मान्टाउ सहरमा अज्ञात बन्दुकधारीहरूले एक मस्जिदमा आक्रमण गरेर कम्तीमा २७ जनाको हत्या गरेका छन् । ठुलो सङ्ख्यामा मानिसहरू मस्जिदमा भएको समयमा मंगलबार बिहानको नमाजको समयमा यो आक्रमण भएको थियो ।

स्थानीय प्रशासनका अनुसार, अहिलेसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन । तर यस क्षेत्रमा किसान र गोठालाहरू बिच जमिन र पानीलाई लिएर लामो समयदेखि तनाव चलिरहेको थियो ।

सञ्चार माध्यमहरूमा छापिएका समाचारलाई पत्याउने हो भने, यो विवादका कारण प्रायः हिंसात्मक झडप र हत्याहरू हुने गरेका छन् । यस आक्रमण पछि बढ्दो तनावलाई ध्यानमा राख्दै, अरु आक्रमण हुन नदिन सो क्षेत्रमा सेना र प्रहरीलाई क्षेत्रमा तैनाथ गरिएको राज्य आयुक्त नासिर मुआजुले बताए ।

वर्षाको समयमा, बन्दुकधारीहरू प्रायः खेतमा बालीनालीहरू बीचमा लुकेर गाउँहरूमा आक्रमण गर्ने गर्छन् । यो आक्रमण गाउँलेहरूले हालै केही आक्रमणकारीहरूको हत्या गरेको प्रतिक्रियामा गरिएको हुन सक्ने अधिकारीहरूको ठम्याई छ । गत सप्ताहन्तमा, स्थानीय मानिसहरूले एम्बुस हानेर धेरै बन्दुकधारीहरूलाई मारेका थिए ।

Published Date: 20 August 2025






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न