कोदारी-तातोपानी नाकाको सडकमा पहिरो खस्यो, चीनसँगको सडक सम्पर्क विच्छेद

कोदारी-तातोपानी नाकाको सडकमा पहिरो खस्यो, चीनसँगको सडक सम्पर्क विच्छेद : Icon Khabar

काभ्रेपलाञ्चोक, असार २६ । सिन्धुपाल्चोकको भोटेकोशी २ इकुमा विहीबार बिहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार बिहान ५ बजे भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार इकुमा सडक माथिबाट पहिरो आएको र सडक तलसम्म भासिएको कारण सडक पूर्णरुपमा अबरुद्ध भएको हो । ‘माथिबाट पहिरो तलबाट भासिएको छ, तलबाट माटो थेगिने वाल नलगाई सडक खुलाउन समस्या छ’, जिल्ला प्रहरी प्रमुख कार्कीले भने, ‘सडक खुलाउने बारेमा सडक विभागसँग समन्वय भइरहेको छ ।’

सडक पूर्णरुपमा बन्द भएपछि तातोपानी नाका हुँदै राजधानी जान लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान र एम्बुलेन्स पनि रोकिएका छन् ।

बुधबार मात्र केरुङ नाकामा रोकिएका पर्यटकहरुलाई कोदारी नाका हुँदै काठमाडौं पठाइएको थियो । चीनतर्फबाट आएको बाढीले केरुङ नाकाको संरचना भत्काइदिएपछि त्यस नाकाबाट नेपाल आउन लागेका पर्यटकहरुलाई सिन्धुपाल्चोकको कोदारी नाकाबाट भित्र्याइएको थियो । तर केरुङ र कोदारी-तातोपानी नाका दुवैतर्फको सडकमा क्षति भएपछि चीनसँगको सडक सम्पर्क विच्छेद भएको छ ।

केरुङ नाका अबरुद्ध भएको कारण सिन्धुपाल्चोकको कोदारी हुँदै १२६ जना पर्यटक नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार १२६ पर्यटक मध्ये ७२ जनालाई हेलिकप्टरमार्फत र ६४ जनालाई बसमार्फत काठमाडौंतर्फ पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 July 2025
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढ्यो
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?