सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला

सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला : Icon Khabar

भक्तपुर, असार २० । भक्तपुरको सल्लाघारीमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था निकोल्सन कलेज/सेकेण्डरी स्कुलले शैक्षिक सत्र २०२५ का लागि भर्ना प्रक्रिया खुला गरेको छ। विद्यालयले भविष्य निर्माणका लागि महत्वपूर्ण तीन शैक्षिक धाराहरूमा अध्ययनका अवसरहरू प्रदान गरिरहेको छ।

विद्यालयले यस वर्षका लागि होटल म्यानेजमेन्ट, बिजनेस स्टडिज र कम्प्युटर साइन्स विषयहरूमा भर्ना खुला गरेको छ। यी विषयहरू हालको बजार मागअनुसार अत्यन्तै लोकप्रिय र व्यवहारिक शिक्षाका क्षेत्र हुन्। विद्यार्थीहरूले आफ्नो रुचि, क्षमता र भविष्यको लक्ष्यअनुसार कुनै पनि विषय रोज्न सक्नेछन्।

निकोल्सन कलेज/सेकेण्डरी स्कुलले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा मात्र होइन, साथसाथै व्यक्तिगत विकास, नेतृत्व क्षमता, र व्यावसायिक दक्षता विकासमा समेत जोड दिने प्रतिवद्धता जनाएको छ।

विद्यालय प्रशासनका अनुसार भर्ना प्रक्रिया सुरु भइसकेको छ, र इच्छुक विद्यार्थी तथा अभिभावकहरूले ०१-६६१५९३१ वा ०१-६६१०६६२ मा सम्पर्क गर्न सक्नेछन्।

निकोल्सन कलेज/सेकेण्डरी स्कुल भक्तपुरमा रहँदै आएको एक अग्रणी शैक्षिक संस्था हो जसले विद्यार्थीहरूलाई नवीन सोच, व्यावसायिक सीप र समकालीन ज्ञानमा आधारित शिक्षा प्रदान गर्दै आएको छ।

Published Date: 04 July 2025
ताजा
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता
फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा: उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय