ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि

ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि : Icon Khabar

भक्तपुर, असार २० । ख्वप माध्यमिक विद्यालय, देकोचा, भक्तपुरले शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ मा भर्ना प्रक्रिया सुरु गरेको छ। “देश र जनताप्रति समर्पित” उद्घोष सहित सञ्चालनमा रहेको विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन संकायमा अध्ययनको अवसर प्रदान गर्दै भर्नाका लागि आह्वान गरेको हो।

विद्यालय प्रशासनका अनुसार ख्वप माध्यमिक विद्यालयले गुणस्तरीय र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै आएको छ। विद्यालयमा अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा सञ्चालित कक्षा, आधुनिक प्रविधिसम्पन्न प्रयोगशाला, पुस्तकालय र शान्त वातावरणमा अध्ययन गर्न सकिने सुविधा उपलब्ध छ।

विज्ञान संकायमा प्रयोगात्मक अध्ययनलाई प्राथमिकता दिइएको छ भने व्यवस्थापन र कानून संकायमा केस स्टडी, मूट कोर्ट अभ्यास, तथा प्रस्तुतीकरणजस्ता व्यावसायिक सीप विकासमूलक कार्यक्रमहरू सञ्चालन गरिँदै आएको विद्यालयले जनाएको छ। मानविकी र शिक्षा संकायमा पनि सामाजिक अनुसन्धान र परियोजनामुखी सिकाइलाई समावेश गरिएको छ।

विद्यालयले विद्यार्थीहरूको शैक्षिक मात्र नभई सामाजिक, नैतिक र सिर्जनात्मक पक्षको विकासमा पनि जोड दिएको बताइएको छ। अतिरिक्त क्रियाकलाप, सेमिनार, नेतृत्व विकास तालिम लगायतका कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै आएका छन्।

नगरपालिकाको सामाजिक उत्तरदायित्व अन्तरगत सञ्चालित ख्वप माध्यमिक विद्यालयले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ। अभिभावकहरूले राज्यको शिक्षालाई विश्वास गर्न सकून् भन्ने उद्देश्यले विद्यालयले लागत प्रभावकारी प्रणाली अनुरूप सेवा दिँदै आएको छ।

भर्नासम्बन्धी जानकारीका लागि इच्छुक विद्यार्थी तथा अभिभावकहरूले विद्यालयको वेबसाइट www.khwopahss.edu.np, फेसबुक पेज (facebook.com/khwopahss), इमेल [email protected] तथा फोन नम्बर ९७४१८१११७८, ९७४१८१११७९ वा ९७४१८१११८० मा सम्पर्क गर्न सक्नेछन्।

प्रथम चरणको प्रवेश परीक्षा भोलि शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म संचालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 July 2025
Website | + posts






ताजा
अक्सफोर्ड प्राक्टिकल स्कूलमा कक्षा ११ व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुला
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
पाकिस्तानमा पाँच तले भवन भत्किँदा कम्तीमा छ जनाको मृत्यु








ट्रेन्डिङ
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न
आइकन खबरको आयोजनामा यहि असार १४ गते रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम हुने