दक्षिण कोरियाद्वारा सैनिक शासनसम्बन्धी कानुनमा संशोधन

दक्षिण कोरियाद्वारा सैनिक शासनसम्बन्धी कानुनमा संशोधन : Icon Khabar

काठमाडौँ, असार २० । दक्षिण कोरियाले सैनिक शासनसम्बन्धी कानुनमा संशोधन गरेको छ। बिहीबार दक्षिण कोरियाको संसदले देशमा सैनिक शासनसम्बन्धी कानुनमा महत्त्वपूर्ण संशोधन गरेको हो।

संशोधित कानुनमा राष्ट्रिय सभामा कुनै पनि सांसदलाई प्रवेश रोक लगाउन नपाइने व्यवस्था गरिएको छ। त्यस्तै प्रहरी र सेनालाई सभामुखको अनुमतिबिना संसद भवन प्रवेशमा रोक लगाउने व्यवस्था संशोधित कानुनमा गरिएको बिबिसीले जनाएको छ।

गत डिसेम्बरमा तत्कालीन राष्ट्रपति युन सुक योलले मुलुकमा सैनिक शासन घोषणा गरेका थिए। राष्ट्रपतिको घोषणासँगै संसद भवन सेनाले घेरेका थिए भने सांसदहरूलाई भवनभित्र जान रोक लगाएको थियो।

सांसदहरूले पर्खाल र बार नाघेर संसद भवनभित्र प्रवेश गरी राष्ट्रपतिको सैनिक शासन लागू गर्ने घोषणालाई संसदबाट निष्क्रिय तुल्याएका थिए।

सोही घटनालाई मध्येनजर गर्दै फेरि कसैले सनकको भरमा सैनिक शासन सजिलै लागूको घोषणा गर्न नसकुन् भनेर संसदले कानुन संशोधन गरेको हो।

सैनिक शासन लागू गर्न असफल भएपछि योललाई महाभियोग लगाइएको थियो। जुन संवैधानिक अदालतले पनि सदर गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 July 2025


ताजा
सोमबारको सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढ्यो
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी