नेपालले सेमिफाइनलमा टस जित्यो

नेपालले सेमिफाइनलमा टस जित्यो : Icon Khabar

काठमाडौं, असार १९ । एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा साविक विजेता नेपालले घरेलु टोली मलेसियाविरुद्धको सेमिफाइनलमा टस जितेको छ ।

मलेसियाको सिलेगंर ट्रफ क्लबमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर बलिङ रोजेका छन् । नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो।

समूह चरणमा नेपालले खेलेका सबै ४ खेल जितेको थियो । मलेसियाले भने समूह चरणका ४ मध्ये ३ खेलमा सफलता प्राप्त गरेको थियो ।

गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । फाइनलमा नेपालले २ सय २१ रनको जित निकालेको थियो । दोस्रो सेमिफाइनल हङकङ र सिंगापुरबीच भोलि नै हुनेछ ।

एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता थियो ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।

Published Date: 03 July 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर