नेपालले सेमिफाइनलमा टस जित्यो

नेपालले सेमिफाइनलमा टस जित्यो : Icon Khabar

काठमाडौं, असार १९ । एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा साविक विजेता नेपालले घरेलु टोली मलेसियाविरुद्धको सेमिफाइनलमा टस जितेको छ ।

मलेसियाको सिलेगंर ट्रफ क्लबमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर बलिङ रोजेका छन् । नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो।

समूह चरणमा नेपालले खेलेका सबै ४ खेल जितेको थियो । मलेसियाले भने समूह चरणका ४ मध्ये ३ खेलमा सफलता प्राप्त गरेको थियो ।

गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । फाइनलमा नेपालले २ सय २१ रनको जित निकालेको थियो । दोस्रो सेमिफाइनल हङकङ र सिंगापुरबीच भोलि नै हुनेछ ।

एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता थियो ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 July 2025
Website | + posts
ताजा
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो
इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )