आइकन मिडिया हाउस र आइकन खबरद्वारा आयोजित रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम २०८२ सम्पन्न

आइकन मिडिया हाउस र आइकन खबरद्वारा आयोजित रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम २०८२ सम्पन्न : Icon Khabar

भक्तपुर, असार १५ । आइकन मिडिया हाउस प्रा. लि र आइकन खबर डटकमद्वारा आयोजित “रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम २०८२” कार्यक्रम सम्पन्न भएको छ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, झौखेल वडा नं ३ मा उक्त कार्यक्रम सम्पन्न भएको हो । असार महिना नेपालमा धान रोप्ने मुख्य समय हो । खेतमा पानी सहित खनजोत गरेर हिल्याएको ठाउँमा धान रोप्ने गरिन्छ । रोपाईंको बेलामा हिलो खेल्नु एउटा उत्सव नै हो । कम्पनीले यहि कुरालाई मध्यनजर गर्दै हरेक वर्ष सो कार्यक्रम भक्तपुरको विभिन्न ठाउँमा गर्दै आएको छ।

यस पटकको कार्यक्रममा वरिष्ठ लोक गायिका गीतादेवी लगायतका विभिन्न लोकप्रिय व्यक्तिहरुको उपस्थिति भएको कम्पनीका प्रबन्ध निर्देशक अमित श्यामाले जानकारी दिए।

गायिका गीतादेवी नेपाली लोक गीत संगीतमा विगत ३ दशक देखि निरन्तर आफ्नो आवाज ब्यक्त गर्दै आएकी छिन्। करिब ४००० भन्दा बढि गीतमा आफ्नो आवाज दिसकेकी छिन्। रोपाई जात्रामा आउने सम्पूर्ण व्यक्तित्वहरुलाई आफ्ना केहि लोकप्रिय गीतहरु जस्तै सेन्टर गैरी खेत, सुसेलेर मायाले बोलाको, माया बेरियो, खस्यो झोला बागमती खोलामा लगायतका गीतहरु प्रस्तुत गरिन् । भक्तपुर आएर रोपाई जात्रामा सहभागी हुन पाउँदा धेरै पछिको तिर्सना मेटेको पनि बताईन्।

पछिल्लो समयमा कृषिजन्य कार्य गर्नका लागि आवश्यक जग्गा जमिन विशेषत: काठमाडौँ उपत्यकामा घट्दै गइरहेको सन्दर्भमा नयाँ पुस्तालाई यस प्रति त्यति चासो नभएको कुरालाई ध्यानमा राखी उक्त मिडिया हाउसले नयाँ पुस्तालाई पुर्णजागरन गर्नका लागि युवाहरुकै सहभागितामा आजको कार्यक्रम सम्पन्न गरेको हो।

रोपाई जात्रालाई अझ धेरै रोचक र रमाइलो भक्तपुरको आरम्भ वाद्यशालाका युवा वाद्यवादकहरुले नेवा समुदायको प्रचलित बाँसुरी बाजा बजाएर गरेका थिए। नेवा गीत अन्तर्गत असारे भाका असारया सिन्हाज्या संगै नेपाली गीत असारे महिनामा, साउने खोलाका धूनहरु बजाएर मनोरन्जन दिएका थिए।

कार्यक्रमका लागि सहयोग गर्ने संस्थाहरुमा लक्ष्मी चिउरा उद्योग भोलाछें, आर एस जुजु धौ सप्लायर्स, महाकालीस्थान ब्यासी, ट्रेङ्गल फोटो स्टुडियो, जिरो वान स्टुडियो रहेका थिए।

हिलोमा रमाउंदै, छुपु छुपु धान रोप्दै, एक अर्का संग नाच गान गर्दै सम्पन्न भएको आजको सो रोपाईं जात्रा मुलत: निकै रोचक देखिएको थियो। कार्यक्रममा नेपालकी पहिलो महिला धिमे तथा नौबाजा बादक इन्दिरा लाछिमस्युले पनि वाद्यवादन बजाएर आफ्नो धूनहरु प्रस्तुत गरेकी थिइन्।

आइकन मिडिया हाउस प्रालिले नेपाली अनलाइन समाचार पोर्टल आइकन खबर डटकम संचालन गर्दै आएको छ। त्यसैगरी मिडियाका विभिन्न कार्यहरु पनि गर्दै समाजलाई सकारात्मक दिशानिर्देशन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 June 2025
Website | + posts