आजबाट ग्वार्को फ्लाई ओभर सञ्चालनमा आउने

आजबाट ग्वार्को फ्लाई ओभर सञ्चालनमा आउने : Icon Khabar

काठमाडौँ, असार ६ । ललितपुरको ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाई ओभरको निर्माण कार्य सकिएसँगै आजबाट सञ्चालनमा आउने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाई ओभरको उद्घाटन गरेसँगै सञ्चालनमा आउने भएको हो।

फ्लाई ओभरमा सर्वसाधारणको आकर्षण बढेको छ। बिहान मर्निङ वाक गर्न आउने, साइक्लिङ गर्ने, टिकटक बनाउनेहरू बाक्लै रूपमा देखिने गरेका छन्।

गएको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरि सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो।

Published Date: 20 June 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु