नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो : Icon Khabar

काठमाडौँ, असार ६ । नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेदरल्याण्ड्सलाई पराजित गरेको छ ।नेपाल ६ विकेटले विजयी भयो । १ सय ७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका ओपनर कुशल भुर्तेलले महत्वपूर्ण इनिङ खेल्दै अर्धशतक पूरा गरे। ५१ बल खेलेका उनले ६ चौकाको सहयोगमा सर्वाधिक ६५ रनको बनाए । ६० टि ट्वान्टी आईमा यो उनको ११औं अर्धशतक हो । उनले ३८ बलमा अर्धशतक पूरा गरे ।

कुशलले ९.४ ओभरमा ४४ रन बनाउँदा विक्रमजित सिंहको बलमा नोहा क्रोसबाट क्याच छुट्दा जीवनदान पाए । टि ट्वान्टी आईमा कुशलको नाममा १ शतत छ । नेदरल्याण्ड्सविरुद्ध नवौं खेलमा उनको यो चौथो अर्धशतक हो ।

नेपालका अर्का ओपनर आसिफ शेखले कुशलसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गरे ‌। आसिफ ६ बलमा ७ रनमा आउट भए । दोस्रो विकेटका लागि कुशलले भीम सार्कीसँग ५४ रनको साझेदारी गरे ।

भीमले १६ बलमा २ चौका र १ छक्कासहित २७ रन जोडे । भीमको यो टि ट्वान्टी आई डेब्यु खेल हो । नेपालका लागि टि ट्वान्टी आईमा प्रतिनिधित्व गर्ने भीम ५२औं खेलाडी हुन् । भीमलाई नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप हस्तान्तरण गरेका थिए ।

तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेलले कुशलसँग खास साझेदारी गर्न सकेनन् । रोहित ७ बलमा ५ रनमा आउट भए । चौथो विकेटका लागि आरिफ शेखसँग कुशलले सानदार साझेदारी गरे । उनीहरुले २७ बलमा ४४ रनको साझेदारी गरे । आरिफ २३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रनमा रिटार्यट हर्ट भए ।

पाँचौ विकेटका लागि आरिफसँग उपकप्तान दीपेन्द्रले २० बलमा २७ रनको साझेदारी गरे । दीपेन्द्र १२ बलमा १६ रनमा अविजित रहे । लोकश बम ४ बलमा १२ रनमा अविजित रहे । लोकेशले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए ।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। बपहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रनको बनायो ।

नेदरल्याण्ड्स ओपनर माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ८६ रनको अर्धशतकीय इनिङ खेले । लेविट करण केसीको बलमा रोहितबाट क्याच भए ।

पाँचौ विकेटका लागि लेविटले सकिव जुल्फिकरसँग ३३ बलमा ६३ रनको साझेदारी गरे । दुईबीचको साझेदारी सन्दीप लामिछानेले तोडे । सन्दीपले जुल्फिकरलाई ११ बलमा १४ रनमा आउट गरेका हुन् ।

रोइलेफ भान डर मिर्वो २१ बलमा ३६ तथा आर्यान दत्त १८ बलमा १७ रन बनाउँदै नट आउट रहे । नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करणले २ तथा सन्दीप, रुपेश सिंह, ललितनारायण राजवंशी, दीपेन्द्रले समान १ विकेट लिए ।

जितसँगै ३ खेलमा २ मा जित र १ मा हार बेहोरेको नेपाल ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । सिरिजको अन्तिम खेल खेलेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा झरेको छ । स्कटल्याण्ड तेस्रो स्थानमा छ।

सिरिजको पहिलो भेटमा सोमवार नेदरल्याण्ड्सले नेपालमाथि रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो सुपर ओभरमा नतिजा निस्केको खेलमा नेदल्याण्ड्स विजयी भएको थियो ।

नेपालले सिरिजको अन्तिम खेलमा शुक्रवार स्कटल्याण्डसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।

Published Date: 20 June 2025
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता