काठमाडौं, असार ५ । नेपालको सार्वजनिक ऋण साढे २६ खर्बमाथि उक्लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार ३१ जेठ २०८२ सम्म नेपालको सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ पुगेको हो । वैशाखसम्म २६ खर्ब २२ अर्ब ४० करोड थियो । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन–जेठ) सम्म सरकारले ४ खर्ब १४ अर्ब १९ करोड ऋण लिएको छ ।
यो अवधिमा विनिमय दरमा आएको उतार चढावका कारण ७३ अर्ब २ करोड ५८ लाख ऋणभार थपिएको छ । यो अवधिमा २ खर्ब ६६ अर्ब ६५ करोड भुक्तानी गरिएको छ । यसरी ११ महिनामा खुद ऋण वृद्धि २ खर्ब २० अर्ब ५८ करोड बराबर भएको छ । गत आव असार मसान्तसम्म ऋण २४ खर्ब ३४ अर्ब ९ करोड थियो ।
११ महिनामा आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड पुगेको छ । यो कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा २२.३१ प्रतिशत हो । वाह्य ऋण १३ खर्ब ८२ अर्ब १२ करोड पुगेको छ । यो जीडीपीका आधारमा २४.२३ प्रतिशत हो । कुल सार्वजनिक ऋण भने जीडीपीका आधारमा ४३.४७ प्रतिशत हाराहारी पुगेको छ ।
Published Date: 19 June 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1