नेपालको सार्वजनिक ऋण साढे २६ खर्बमाथि

नेपालको सार्वजनिक ऋण साढे २६ खर्बमाथि : Icon Khabar
तस्बिर: न्यू विजनेस एज

काठमाडौं, असार ५ । नेपालको सार्वजनिक ऋण साढे २६ खर्बमाथि उक्लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार ३१ जेठ २०८२ सम्म नेपालको सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ पुगेको हो । वैशाखसम्म २६ खर्ब २२ अर्ब ४० करोड थियो । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन–जेठ) सम्म सरकारले ४ खर्ब १४ अर्ब १९ करोड ऋण लिएको छ ।

यो अवधिमा विनिमय दरमा आएको उतार चढावका कारण ७३ अर्ब २ करोड ५८ लाख ऋणभार थपिएको छ । यो अवधिमा २ खर्ब ६६ अर्ब ६५ करोड भुक्तानी गरिएको छ । यसरी ११ महिनामा खुद ऋण वृद्धि २ खर्ब २० अर्ब ५८ करोड बराबर भएको छ । गत आव असार मसान्तसम्म ऋण २४ खर्ब ३४ अर्ब ९ करोड थियो ।

११ महिनामा आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड पुगेको छ । यो कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा २२.३१ प्रतिशत हो । वाह्य ऋण १३ खर्ब ८२ अर्ब १२ करोड पुगेको छ । यो जीडीपीका आधारमा २४.२३ प्रतिशत हो । कुल सार्वजनिक ऋण भने जीडीपीका आधारमा ४३.४७ प्रतिशत हाराहारी पुगेको छ ।

Published Date: 19 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग