नेपालको सामना गर्दै नेदरल्याण्ड्स

नेपालको सामना गर्दै नेदरल्याण्ड्स : Icon Khabar

काठमाडौं, असार ५ । स्कटल्याण्डमा जारी त्रिदेशीय टि ट्वान्टी आई सिरिजमा आज नेदरल्याण्ड्सले नेपालको सामना गर्दैछ ।

स्कटल्याण्डको ग्लासगोमा हुने आफ्नो तेस्रो खेलमा नेपाली समय अनुसार बिहीबार बेलुका ७ः४५ बाट दुईबीचको खेल सुरु हुनेछ । सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिको शीर्ष स्थानमा छ । यसअघिका २ मध्ये १ मा जित र १ मा हार बेहोरेको नेपाल २ अंकका साथ तेस्रो स्थानमा छ ।

गत सोमबार भएको सिरिजको पहिलो भेटमा नेदरल्याण्ड्सले नेपालमाथि रोमाञ्चक जित हासिल गरेको थियो । नेपाल र नेदरल्याण्ड्सबीचको उक्त खेलको नतिजा ३ वटा सुपर ओभर पछि आएको थियो ।

नेपालले सिरिजको अन्तिम खेलमा शुक्रबार स्कटल्याण्डको सामना गर्नेछ । तिन टोली सहभागी सिरिज डबल राउण्ड रोबिन लिगको आधारमा जारी छ । र, लिगको शीर्ष स्थानमा रहने टोली विजयी हुनेछ ।

Published Date: 19 June 2025


ताजा
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु