नेपालको सामना गर्दै नेदरल्याण्ड्स

नेपालको सामना गर्दै नेदरल्याण्ड्स : Icon Khabar

काठमाडौं, असार ५ । स्कटल्याण्डमा जारी त्रिदेशीय टि ट्वान्टी आई सिरिजमा आज नेदरल्याण्ड्सले नेपालको सामना गर्दैछ ।

स्कटल्याण्डको ग्लासगोमा हुने आफ्नो तेस्रो खेलमा नेपाली समय अनुसार बिहीबार बेलुका ७ः४५ बाट दुईबीचको खेल सुरु हुनेछ । सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिको शीर्ष स्थानमा छ । यसअघिका २ मध्ये १ मा जित र १ मा हार बेहोरेको नेपाल २ अंकका साथ तेस्रो स्थानमा छ ।

गत सोमबार भएको सिरिजको पहिलो भेटमा नेदरल्याण्ड्सले नेपालमाथि रोमाञ्चक जित हासिल गरेको थियो । नेपाल र नेदरल्याण्ड्सबीचको उक्त खेलको नतिजा ३ वटा सुपर ओभर पछि आएको थियो ।

नेपालले सिरिजको अन्तिम खेलमा शुक्रबार स्कटल्याण्डको सामना गर्नेछ । तिन टोली सहभागी सिरिज डबल राउण्ड रोबिन लिगको आधारमा जारी छ । र, लिगको शीर्ष स्थानमा रहने टोली विजयी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 June 2025
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)