आज बिहिबारको राशिफल

आज बिहिबारको राशिफल : Icon Khabar

काठमाडौं, असार ५ । आज २०८२ असार ५ गते बिहीबार, तद्अनुसार १९ जुन २०२५ । आज असार कृष्ण अष्टमी, आयुष्मान कौलव उत्तर भाद्र, द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, सूर्योदय बिहानः ०५ः०८ बजे, सूर्यास्त साँझः १९ः०२ बजे ।

आजको राशिफल

मेष: विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । अध्ययनमा मन लाग्ने छ । टाढाको यात्राको योजना बन्न सक्छ । मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । वरिष्ठ व्यक्तिहरूको मार्गदर्शन प्राप्त हुनेछ।

वृष: प्रसन्नतापूर्वक समय बित्ने छ । व्यवसायमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । लाभको अवसर हात पर्नेछ । प्रसन्नता रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । कुनै ठूलो काममा हात हाल्नु हुनेछ ।

मिथुन: आज लाभ हुनेछ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । प्रसन्नता तथा मनोरञ्जनका साधन उपलब्ध हुनेछन् । रचनात्मक कार्य सफल रहने छ ।

कर्कट: लाभको अवसर टर्नेछ । हल्का हाँसो ठट्टा गर्नबाट बच्नु होला । मेहनत बढी गर्नु पर्नेछ । व्यवसाय-व्यापारबाट लाभ हुनेछ ।

सिंह: व्यापार-व्यवसायबाट लाभ मिल्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । घरमा सुख-शान्ति रहने छ । धन प्राप्ति सुगम हुनेछ । लाभको अवसर हात पर्नेछ । समयको अनुकूलताको लाभ लिनु होला ।

कन्या: व्यापारमा सुखद समाचार प्राप्त हुनेछ । मान बढ्ने छ । कुनै नयाँ कार्य प्रारम्भ गर्नका लागि योजना बन्ने छ । लामो यात्राको इच्छा जाग्ने छ ।

तुला: व्यापारले यात्राबाट लाभ पाइने छ । नयाँ काम पाउन सकिने छ । कार्यबाट सन्तुष्टि रहनेछ । परीक्षा तथा अन्तरर्वार्तामा सफलता प्राप्त हुनेछ । प्रसन्नता तथा उत्साहको वातावरण बन्ने छ । लगानीबाट लाभ दिने छ।

वृश्चिक: व्यापार-व्यवसाय लाभदायक रहने छ । परिवारमा सुख-शान्ति कायम रहने छ । फजूल खर्च हुनेछ । स्वास्थ्य कमजोर हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला । काममा मन लाग्ने छैन ।

धनु: यात्रा सुखद रहने छ । नयाँ काम हात पर्नेछ । व्यवसायबाट प्रसन्नता रहने छ । समयको अनुकूलताको लाभ लिनु होला । लाभको अवसर हात पर्नेछ । पारिवारिक सहयोगबाट प्रसन्नता रहने छ ।

मकर: योजना पूरा हुनेछ । कार्य पद्धतिमा सुधार हुनेछ । लाभको अवसर हात पर्नेछ । मान-सम्मान पाइने छ । शेयर मार्केटमा हतार गर्नबाट बच्नु होला । भाग्यको साथ पाइने छ ।

कुम्भ: घरमा सुख-शान्ति कायम रहने छ । साथीहरुको सहयोगले लाभमा वृद्धि हुनेछ । लम्बिएका कार्य पूर्ण हुनेछन् । लगानी शुभ रहने छ । प्रसन्नताको वातावरण बन्ने छ, शुभ समाचार प्राप्त हुनेछ ।

मीन: लगानी गर्न हतार नगर्नु होला । आम्दानी भैरहने छ । अज्ञात भयले सताउने छ । बोलीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । कुनै पनि व्यक्तिको उक्साहटमा नआउनु होला ।

Published Date: 19 June 2025
ताजा
सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा झर्यो
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने
देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता