हारका बाबजुद नेपालको ओडिआई इतिहासकै उच्च योगफल

हारका बाबजुद नेपालको ओडिआई इतिहासकै उच्च योगफल : Icon Khabar

काठमाडौँ, जेठ २६ । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध आफ्नो ओडिआई इतिहासकै उच्च योगफल बनाएको छ ।

आइतवार राति घरेलु टोली स्कटल्याण्डले दिएको ३ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा अल आउट हुँदै ३ सय २१ रन बनायो ।

यसअघि नेपालको ओडिआईको उच्च योगफल ३ सय १० रन थियो । नेपालले ओडीआईमा दोस्रो पटक मात्रै ३ सय रन कटाएको हो ।

ओमानविरुद्ध त्यो योगफल नेपालले सन् २०२३ अप्रिलमा एसिसी प्रिमियर कपमा ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन जोडेको थियो । कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको शतकीय इनिंङ खेलेका थिए ।

स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित नजिक पुगेको नेपाल अन्तिम ओभरमा चुकेको थियो । नेपाललाई अन्तिम ६ बलमा जित्नलाई मात्रै ७ रन चाहिँदा २ विकेट थियो ।

तीव्र गतिका बलर शफ्यान शरिफको बाउन्सर बलमा करण केसी तेस्रो बलमा आउट भएपछि जितेका लागि बाँकी ३ बलमा ५ रन चाहिँएको थियो । शरिफले त्यसपछि एक एक रन दिए । अन्तिम बलमा ३ रन चाहिँदा योर्करमा ललित राजवंशीलाई बोल्ड गर्दै नेपालको जित खोसेका थिए ।

नेपालका भीम सार्कीले ७३, दीपेन्द्रसिंह ऐरीले ५६ र सोमपाल कामीले ६७ रन जोडेका थिए । स्कटल्यान्डका डेब्यू खेलाडी म्याकेन्जी जोन्सले ३, शफ्यान शरिफ र माइकल लिस्कले समान २ विकेट लिए ।

त्यसअघि फोर्थहिल डुन्डीमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन जोडेको थियो । कप्तान रिची बेरिंग्टनले १ सय २ रन, चाल्र्स टियरले ६८ र माइकल लिस्कले ९६ रन जोडेका थिए ।

लिस्कले तल्लोक्रममा ६२ बलमा १२ चौका र ३ छक्कासहित उक्त अविजित इनिङ खेलेपछि विशाल योगफल बनाएको थियो । नेपालका करण र दीपेन्द्रले समान २ विकेट लिए ।

स्कटल्यान्ड भ्रमणमा यसअघि सुरुवाती दुई खेलमा नेपाल विजयी थियो । पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेट र नेदरल्याण्डलाई ५ विकेटले हराएको थियो ।

लिग २ मा नेपालले मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ । नेपाल लिग-२ मा १५ खेलमा ४ जितसहित १० अंकका साथ सातौं स्थानमा छ ।

सन् २०२६ सम्म कुल ३६ खेल खेल्दा ८ देश सहभागी यस लिग २ मा शीर्ष चारमा रहन सके सोझै विश्वकप छनोट खेल्न पाउनेछ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 June 2025
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ