पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि

पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि : Icon Khabar

काठमाडौँ, जेठ २६ । पोर्चुगलले युइएफए नेशन्स लिगको उपाधि जितेको छ। म्युनिखमा आइतवार भएको रोमाञ्चक फाइनलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो। पोर्चुगलले दोस्रो पटक नेशन्स लिगको ट्रफी जितेको हो ।

क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए। तर नियमित समयको अन्त्यसम्म दुबै टोलीबीच अन्य कुनै फरक देखिएन।

अतिरिक्त समय सुरु हुनु अगावै मैदानबाट बाहिरिएका पोर्चुगल कप्तान रोनाल्डो जित निश्चित भएपछि मैदानको छेउमा घुँडा टेकेर खुसीको आँसु झारे। जितको क्षण तब आयो जब रुबेन नेभेसले निर्णायक पेनाल्टी गोल गरे। त्यसअघि डिओगो कोस्टाले स्पेनका आल्भारो मोराटाको कमजोर प्रहार रोकिदिएका थिए।

२०२३ संस्करणका विजेता स्पेनले २१औं मिनेटमा मार्टिन जुबिमेन्दीको गोलबाट अग्रता लिएको थियो। पोर्चुगलको डिफेन्स लाइनले बल क्लियर गर्न असफल भएको थियो।

तर त्यो अग्रता धेरै समय टिक्न सकेन। पाँच मिनेटमै नुनो मेंडेसले कुनाबाट गरेको तीव्र प्रहारले उनाई साइमनलाई पराजित गर्दै बराबरी गोल गरे।

गत वर्षको युरोपियन च्याम्पियनसिप फाइनलमा इङ्ल्यान्डविरुद्ध अन्तिम क्षणमा विजयी गोल गरेका मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए।

तर रोनाल्डो फेरि पोर्चुगलका उद्धार गरे । उनले मार्क कुकुरेलालाई पछाडि छोड्दै नुनो मेंडेसको डिफ्लेक्टेड क्रसमा भली प्रहार गर्दै नजिकबाट गोल गरे।

पेनाल्टी सुटआउटमा गोन्कालो रामोस, वितिन्हा, ब्रुनो फर्नान्डेज र नुनो मेंडेसले गोल गरे भने मोराटाको प्रयास गोलरक्षक कोस्टाले बचाए।

अन्ततः नेभेसले निर्णायक पेनाल्टी गोल गरेपछि पोर्चुगल दुई पटक नेशन्स लिग उपाधि जित्ने पहिलो टोली बन्यो ।–एजेन्सी

Published Date: 09 June 2025


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक