पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि

पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि : Icon Khabar

काठमाडौँ, जेठ २६ । पोर्चुगलले युइएफए नेशन्स लिगको उपाधि जितेको छ। म्युनिखमा आइतवार भएको रोमाञ्चक फाइनलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो। पोर्चुगलले दोस्रो पटक नेशन्स लिगको ट्रफी जितेको हो ।

क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए। तर नियमित समयको अन्त्यसम्म दुबै टोलीबीच अन्य कुनै फरक देखिएन।

अतिरिक्त समय सुरु हुनु अगावै मैदानबाट बाहिरिएका पोर्चुगल कप्तान रोनाल्डो जित निश्चित भएपछि मैदानको छेउमा घुँडा टेकेर खुसीको आँसु झारे। जितको क्षण तब आयो जब रुबेन नेभेसले निर्णायक पेनाल्टी गोल गरे। त्यसअघि डिओगो कोस्टाले स्पेनका आल्भारो मोराटाको कमजोर प्रहार रोकिदिएका थिए।

२०२३ संस्करणका विजेता स्पेनले २१औं मिनेटमा मार्टिन जुबिमेन्दीको गोलबाट अग्रता लिएको थियो। पोर्चुगलको डिफेन्स लाइनले बल क्लियर गर्न असफल भएको थियो।

तर त्यो अग्रता धेरै समय टिक्न सकेन। पाँच मिनेटमै नुनो मेंडेसले कुनाबाट गरेको तीव्र प्रहारले उनाई साइमनलाई पराजित गर्दै बराबरी गोल गरे।

गत वर्षको युरोपियन च्याम्पियनसिप फाइनलमा इङ्ल्यान्डविरुद्ध अन्तिम क्षणमा विजयी गोल गरेका मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए।

तर रोनाल्डो फेरि पोर्चुगलका उद्धार गरे । उनले मार्क कुकुरेलालाई पछाडि छोड्दै नुनो मेंडेसको डिफ्लेक्टेड क्रसमा भली प्रहार गर्दै नजिकबाट गोल गरे।

पेनाल्टी सुटआउटमा गोन्कालो रामोस, वितिन्हा, ब्रुनो फर्नान्डेज र नुनो मेंडेसले गोल गरे भने मोराटाको प्रयास गोलरक्षक कोस्टाले बचाए।

अन्ततः नेभेसले निर्णायक पेनाल्टी गोल गरेपछि पोर्चुगल दुई पटक नेशन्स लिग उपाधि जित्ने पहिलो टोली बन्यो ।–एजेन्सी

Published Date: 09 June 2025


ताजा
नेप्सेको सीईओ पदका लागि आवेदन खुल्यो
नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट
डाक्टरमाथि कुटपिट र दुर्व्यवहारको विरोधमा चिकित्सक संघद्वारा आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १५३ रुपैयाँ पार, अरू कति?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न