काठमाडौं, जेठ २५ । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको क्रममा छ। तर जथाभावी सडक भत्काउदा दुर्घटनाको जोखिम बढ्दै छ।
पानी पर्न सुरू भएसंगै खनिएका सडकहरुमा पानी जम्मा हुन थालेको छ भने सवारी साधन हाक्दा र पदल यात्रु समेत पैदल हिड्न निकै जोखिम बढेको छ।
राजमार्ग विस्तारको काम सुस्त हुँदा जनताको जनजीवन प्रभावित भएको छ। पानी पर्न सुरू भएसंगै खनिएका सडकहरु हिलाम्य बन्दा सवारी चलाउने चालक, बाइक राइडरदेखि पदल यात्रु र स्थानिय सर्वसाधारणको जनजीवन प्रभावित बनेको हो।
मिनभवन तीनकुने सडकखण्डको मुख्य बाटो नै भत्काए पछि सडक दुर्घटनाको जोखिम बढिरहेको छ । राजधानीको केन्द्र मानिने बानेश्वरस्थित मिनभवन र तीनकुनेको मुख्य सडकमा अहिले माटोका ढिस्कोहरू छन् जसले गर्दा सवारी दुर्घटनाको जोखिम बढिरहेको छ ।
Published Date: 08 June 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1