लिग २ क्रिकेटमा आज नेपाल र स्कटल्याण्ड खेल्दै

लिग २ क्रिकेटमा आज नेपाल र स्कटल्याण्ड खेल्दै : Icon Khabar

काठमाडौँ, जेठ २५ । आइसिसी विश्वकप लिग टु को चौथो चरणको त्रिकोणात्मक सिरिजमा नेपालले आज स्कटल्याण्डको सामना गर्नेछ । स्कटल्याण्डको डन्डी स्थित फोर्थहिल क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । उक्त खेलमा नेपालले निर्धारित ५० ओभरको १ बल बाँकी रहँदा २ सय ९७ रनको लक्ष्य पूरा गरेको थियो ।

स्कटल्याण्डसँगको नेपालले गुमाईसकेको खेल करण केसीको पहिलो ओडिआई अर्धशतकले सम्भव बनाएको थियो । त्यस्तै, बुधबार भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि ५ विकेटको सानदार जित निकालेको थियो ।

उता, स्कटल्याण्डले पनि यस सिरिजको तेस्रो खेल खेल्दैछ । स्कटल्याण्ड पनि लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा रहेको छ । स्कटल्याण्डले शुक्रबार भएको खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

चौथो चरणको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाली टोलीको अन्तिम तथा चौथो खेल मंगलवार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

८ टोली सहभागी लिग टु मा स्कटल्याण्ड १८ खेलमा २२ अंकका साथ चौथो स्थानमा छ । नेपाल १४ खेलमा १० अंकका साथ सातौं स्थानमा छ ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतवार बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।

नेपाली टोली

रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी

Published Date: 08 June 2025


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास