थाइल्याण्डकी सुचातालाई मिस वर्ल्ड-२०२५ को उपाधि

थाइल्याण्डकी सुचातालाई मिस वर्ल्ड-२०२५ को उपाधि : Icon Khabar

काठमाडौँ, जेठ १८ । थाइल्याण्डकी २१ वर्षीया ओपल सुचता चुआङ्श्रीले मिस वर्ल्ड २०२५ को उपाधि जितेकी छिन्। हैदरावादको हाइटेक्स प्रदर्शनी केन्द्रमा १०८ देशका प्रतियोगीहरू बीचमा भएको यो प्रतियोगितामा सबैलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्।

मिस वर्ल्ड २०२४ क्रिस्टिना पिज्कोभाले ओपल सुचतालाई आफ्नो मुकुट प्रदान गरेकी छन्। मिस वर्ल्ड रनरअप इथियोपियाकी ह्यासेट डेर्जे थिइन् भने सेकेन्ड रनरअप पोल्याण्डकी माजा क्लाज्दा र थर्ड रनरअप मार्टिनिककी ओरेली जोआचिम भए।

मिस वर्ल्डको उपाधि जितेपछि ओपल सुचताले भावुक हुँदै भनिन्, ‘यो मेरो व्यक्तिगत जित मात्र होइन, हेर्न, सुन्न र फरक पार्न चाहने युवा युवतीहरूको पनि जित हो। म यस विरासतको प्रतिनिधित्व गर्न र मिस वर्ल्डको यो युगमा वास्तविक परिवर्तन ल्याउन पाउँदा गर्व गर्छु।’

Published Date: 01 June 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु