पिएसजी पहिलो पटक च्याम्पियन्स लिग विजेता

पिएसजी पहिलो पटक च्याम्पियन्स लिग विजेता : Icon Khabar

काठमाडौँ, जेठ १८ । पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ। इन्टर मिलानलाई  ५-० को फराकिलो अन्तरले हराउँदै पिएसजी पहिलो पटक च्याम्पियन बनेको हो।

फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १–१ गोल गरेका थिए।

हाकिमीले पहिलो हाफको १२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए भने डुवेले २० औं मिनेटमा गोल गरेपछि पिएसजी दोब्बर गोलसहित अगाडि बढ्यो।

उता, डुवेले दोस्रो हाफको ६३ औं मिनेटमा अर्को गोल थपिदिए भने त्यसको १० मिनेट पछि नै क्वारात्स्खेलिया काउन्टर अट्याकबाट गोल गर्दै टोलीको अग्रतालाई‌ ४-० को फराकिलो बनाउन सफल भए।

उता, खेल सकिनु केही समय अघि मैदानमा छिरेको ३ मिनेटमा नै मायुलुले ८६ औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरेर पहिलो पटक पिएसजी च्याम्पियन बन्न सफल भएको हो।

पिएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई‌ र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो। लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता स्टार खेलाडीले क्लब छाडेपछि पिएसजी च्याम्पियन्स लिग जित्न सफल भएको हो।

यसअघिको सन् २०२० मा पिएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो। त्यति बेला टोली बायर्न म्युनिखसँग १-० ले पराजित भएर दोस्रो स्थानमा चित्त बुझाउन विवश भएको थियो।

Published Date: 01 June 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु