के महिलाले हार्मोनल परिवर्तन र महिनावारी चक्रका कारण बढी व्यायाम गर्नु आवश्यक छ ?

के महिलाले हार्मोनल परिवर्तन र महिनावारी चक्रका कारण बढी व्यायाम गर्नु आवश्यक छ ? : Icon Khabar

काठमाडौं, जेठ ८ । आजको व्यस्त जीवनशैलीमा स्वास्थ्य तथा फिटनेस केवल ट्रेण्डमात्र नभएर आवश्यकता नै बनिसकेको छ । एउटा स्वास्थ्य शरीरले नै हाम्रो दिनहुँको दौडधुपमा सक्रिय र प्रोडक्टिभ बनाइराख्न सहयोग पुर्याउँछ ।

यद्यपि, प्रायः मानिसको मनमा पुरुषले बढी व्यायाम गर्नु पर्छ कि महिलाले ? भन्ने प्रश्न उत्पन्न हुन्छ ।

के महिलाले हार्मोनल परिवर्तन र महिनावारी चक्रका कारण बढी व्यायाम गर्नु आवश्यक छ ? अथवा पुरुषको मसल्स मास र फ्याट बर्निंगको आवश्यकता हुन्छ ? महिला अथवा पुरुष कसले बढी व्यायाम गर्नु पर्छ त ? जानौँः

शारीरिक बनावट र मेटाबोलिज्मबीच अन्तर

पुरुष र महिलाको शारीरिक बनावट र मेटाबोलिक रेटमा ठूलो अन्तर हुन्छ । पुरुषको बडीमा मसल मास बढी हुन्छ, जसले उनीहरुको मेटाबोलिज्म तिव्र हुन्छ । त्यस्तै महिलाको शरीरले विशेष गरेर हिप्स तथा थाइमा अत्याधिक फ्याट स्टोर गर्ने प्रवृत्ति राख्छ । महिलाको फ्याट बर्न गर्न र हार्मोनल ब्यालेन्सका लागि नियमित व्यायाम बढी आवश्यक हुन्छ । पुरुषको पनि मसल्स टोन बनाउन र कार्डियो हेल्थ (मुटुको स्वास्थ्य) का लागि पनि व्यायाम आवश्यक हुन्छ । तर महिलाका लागि व्यायामको आवश्यकता तुलनात्मक रुपमा अलि बढी आवश्यक हुन्छ ।

हार्मोनल परिवर्तन

महिलाहरू महिनावारी, गर्भावस्था तथा मेनोपजजस्ता अवस्थाहरूबाट गुज्रन्छन्, जसले शरीरको वजन, मुड र ऊर्जा स्तरमा असर पार्छ । यी परिवर्तनहरूलाई व्यवस्थापन गर्न महिलाहरूलाई व्यायाम आवश्यक हुन्छ, जसले शरीरमा एन्डर्फिन नामक ह्यापी हार्मोन रिलिज गर्छ, जसले मुड स्विंग्स र तनाव कम गर्छ ।

मानसिक स्वास्थ्य आवश्यकता

व्यायाम केवल शारीरिक स्वास्थ्यको लागि मात्र नभएर मानसिक स्वास्थ्यको लागि पनि जरुरी हुन्छ । रिर्पोटहरुका अनुसार महिलालई पुरुषको तुलनामा भावनात्मक दवाव र तनाव बढी हुन्छ । चाहे त्यो घरको जिम्मेवारी होस् अथवा कामकाजी । योगा, ध्यान, र मुटुको लागि गरिने व्यायामले महिलाहरुमा डिप्रेसन र एन्जाईटिलाई कम गर्न मद्दत गर्दछ । त्यसैले मानसिक स्वास्थ्यको हिसाबले पनि महिलालाई शारीरिक व्यामको आवश्यकता बढी हुन्छ ।

हड्डी र मांसपेशीको शक्ति

३० वर्षको उमेरपछि महिलाहरूको हड्डीमा क्याल्सियमको कमी र बोन डेन्सिटीमा गिरावट देखिन्छ । मेनोपजपछि यो जोखिम झनै बढ्छ। तौल उठाउने (वेट ट्रेनिङ) र स्ट्रेचिङजस्ता व्यायामहरूले महिलाहरूमा अस्थिपंजर (अस्टियोपोरोसिस) जस्ता रोगहरू रोक्न सहयोग गर्छ । पुरुषहरूलाई पनि मांसपेशीको क्षय रोक्न व्यायाम आवश्यक हुन्छ, तर महिलाहरूमा हड्डी कमजोर हुने सम्भावना बढी हुने भएकाले उनीहरूका लागि व्यायामको भूमिका अझ महत्वपूर्ण हुन्छ ।

आहार नियन्त्रण र बोसो व्यवस्थापन

पुरुषको तुलनामा महिलाहरूको शरीरमा बोसोको प्रतिशत सामान्यतया बढी हुन्छ । साथै, हार्मोनल कारणले गर्दा महिलाहरूको तौल छिटो बढ्ने खतरा हुन्छ । त्यसैले महिलाहरूले आफ्नो बोसोको स्तर नियन्त्रणमा राख्न र मेटाबोलिज्म सक्रिय राख्न नियमित व्यायाम गर्न आवश्यक हुन्छ । यसले तौल नियन्त्रण गर्न र थकानबाट बच्न सहयोग पुर्याउँछ ।

मुटु स्वास्थ्य र जीवनशैलीसँग सम्बन्धित रोगहरू

हृदयसम्बन्धी समस्या र टाइप–२ मधुमेह (डायबिटीज) जस्ता रोगहरू पुरुष र महिलाहरू दुवैमा देखिन्छन्, तर आधुनिक जीवनशैली र खानपानका कारण महिलाहरूमा यी रोगहरूको जोखिम तीव्र गतिमा बढिरहेको छ । विशेषगरी अफिस र घर दुवैको जिम्मेवारी सम्हाल्ने कामकाजी महिलाहरूले नियमित व्यायामबाट यी रोगहरूको जोखिम घटाउन सक्छन् । व्यायामले रगतको प्रवाह (ब्लड सर्कुलेसन) सुधार गर्छ र रगतमा चिनीको मात्रा (ब्लड सुगर) नियन्त्रणमा राख्छ ।

Published Date: 22 May 2025








ताजा
हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
मदरल्याण्ड स्कुलको “सम्मान तथा प्रतिभा प्रस्तुतीकरण–२०८२” सम्पन्न








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ