काठमाडौं, जेठ ८ । आजको व्यस्त जीवनशैलीमा स्वास्थ्य तथा फिटनेस केवल ट्रेण्डमात्र नभएर आवश्यकता नै बनिसकेको छ । एउटा स्वास्थ्य शरीरले नै हाम्रो दिनहुँको दौडधुपमा सक्रिय र प्रोडक्टिभ बनाइराख्न सहयोग पुर्याउँछ ।
यद्यपि, प्रायः मानिसको मनमा पुरुषले बढी व्यायाम गर्नु पर्छ कि महिलाले ? भन्ने प्रश्न उत्पन्न हुन्छ ।
के महिलाले हार्मोनल परिवर्तन र महिनावारी चक्रका कारण बढी व्यायाम गर्नु आवश्यक छ ? अथवा पुरुषको मसल्स मास र फ्याट बर्निंगको आवश्यकता हुन्छ ? महिला अथवा पुरुष कसले बढी व्यायाम गर्नु पर्छ त ? जानौँः
शारीरिक बनावट र मेटाबोलिज्मबीच अन्तर
पुरुष र महिलाको शारीरिक बनावट र मेटाबोलिक रेटमा ठूलो अन्तर हुन्छ । पुरुषको बडीमा मसल मास बढी हुन्छ, जसले उनीहरुको मेटाबोलिज्म तिव्र हुन्छ । त्यस्तै महिलाको शरीरले विशेष गरेर हिप्स तथा थाइमा अत्याधिक फ्याट स्टोर गर्ने प्रवृत्ति राख्छ । महिलाको फ्याट बर्न गर्न र हार्मोनल ब्यालेन्सका लागि नियमित व्यायाम बढी आवश्यक हुन्छ । पुरुषको पनि मसल्स टोन बनाउन र कार्डियो हेल्थ (मुटुको स्वास्थ्य) का लागि पनि व्यायाम आवश्यक हुन्छ । तर महिलाका लागि व्यायामको आवश्यकता तुलनात्मक रुपमा अलि बढी आवश्यक हुन्छ ।
हार्मोनल परिवर्तन
महिलाहरू महिनावारी, गर्भावस्था तथा मेनोपजजस्ता अवस्थाहरूबाट गुज्रन्छन्, जसले शरीरको वजन, मुड र ऊर्जा स्तरमा असर पार्छ । यी परिवर्तनहरूलाई व्यवस्थापन गर्न महिलाहरूलाई व्यायाम आवश्यक हुन्छ, जसले शरीरमा एन्डर्फिन नामक ह्यापी हार्मोन रिलिज गर्छ, जसले मुड स्विंग्स र तनाव कम गर्छ ।
मानसिक स्वास्थ्य आवश्यकता
व्यायाम केवल शारीरिक स्वास्थ्यको लागि मात्र नभएर मानसिक स्वास्थ्यको लागि पनि जरुरी हुन्छ । रिर्पोटहरुका अनुसार महिलालई पुरुषको तुलनामा भावनात्मक दवाव र तनाव बढी हुन्छ । चाहे त्यो घरको जिम्मेवारी होस् अथवा कामकाजी । योगा, ध्यान, र मुटुको लागि गरिने व्यायामले महिलाहरुमा डिप्रेसन र एन्जाईटिलाई कम गर्न मद्दत गर्दछ । त्यसैले मानसिक स्वास्थ्यको हिसाबले पनि महिलालाई शारीरिक व्यामको आवश्यकता बढी हुन्छ ।
हड्डी र मांसपेशीको शक्ति
३० वर्षको उमेरपछि महिलाहरूको हड्डीमा क्याल्सियमको कमी र बोन डेन्सिटीमा गिरावट देखिन्छ । मेनोपजपछि यो जोखिम झनै बढ्छ। तौल उठाउने (वेट ट्रेनिङ) र स्ट्रेचिङजस्ता व्यायामहरूले महिलाहरूमा अस्थिपंजर (अस्टियोपोरोसिस) जस्ता रोगहरू रोक्न सहयोग गर्छ । पुरुषहरूलाई पनि मांसपेशीको क्षय रोक्न व्यायाम आवश्यक हुन्छ, तर महिलाहरूमा हड्डी कमजोर हुने सम्भावना बढी हुने भएकाले उनीहरूका लागि व्यायामको भूमिका अझ महत्वपूर्ण हुन्छ ।
आहार नियन्त्रण र बोसो व्यवस्थापन
पुरुषको तुलनामा महिलाहरूको शरीरमा बोसोको प्रतिशत सामान्यतया बढी हुन्छ । साथै, हार्मोनल कारणले गर्दा महिलाहरूको तौल छिटो बढ्ने खतरा हुन्छ । त्यसैले महिलाहरूले आफ्नो बोसोको स्तर नियन्त्रणमा राख्न र मेटाबोलिज्म सक्रिय राख्न नियमित व्यायाम गर्न आवश्यक हुन्छ । यसले तौल नियन्त्रण गर्न र थकानबाट बच्न सहयोग पुर्याउँछ ।
मुटु स्वास्थ्य र जीवनशैलीसँग सम्बन्धित रोगहरू
हृदयसम्बन्धी समस्या र टाइप–२ मधुमेह (डायबिटीज) जस्ता रोगहरू पुरुष र महिलाहरू दुवैमा देखिन्छन्, तर आधुनिक जीवनशैली र खानपानका कारण महिलाहरूमा यी रोगहरूको जोखिम तीव्र गतिमा बढिरहेको छ । विशेषगरी अफिस र घर दुवैको जिम्मेवारी सम्हाल्ने कामकाजी महिलाहरूले नियमित व्यायामबाट यी रोगहरूको जोखिम घटाउन सक्छन् । व्यायामले रगतको प्रवाह (ब्लड सर्कुलेसन) सुधार गर्छ र रगतमा चिनीको मात्रा (ब्लड सुगर) नियन्त्रणमा राख्छ ।
Published Date: 22 May 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news