टोटनहम युरोपा लिग च्याम्पियन

टोटनहम युरोपा लिग च्याम्पियन : Icon Khabar

काठमाडौं, जेठ ८ । टोटनहमले युरोपा लिगको उपाधि जितेको छ। म्यानचेस्टर युनाइटेडलाई बुधवार १-० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो ।

टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो।‌ ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। यो जितसँगै आलोचनामा परेका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले आफ्नो दोस्रो सिजनमा ट्रफी जिताउने वाचा पूरा गरेका छन्।

खेल अघि ‘म कहिल्यै पनि जोकर बन्ने छैन’ भन्ने पोस्टेकोग्लुले स्पेनको बिलबाओस्थित सान मामेस स्टेडियममा टोलीलाई उपाधि दिलाएका छन् ।

बिल निकोलसन र कीथ बर्किनशलसँगै युरोपेली उपाधि जित्ने टोटनहम प्रशिक्षकको रिपमा उनी इतिहासमा दर्ज भएका छन्। यद्दपी उनी टोलीको प्रशिक्षकका रुपमा अर्को सिजन पनि रहनेमा भने शंका छ।

न्युक्यासल र क्रिस्टल प्यालेसको उदाहरण पछ्याउँदै, कहिल्यै वा कमै जित्ने क्लबको सुचीमा रहेको टोटनहमले पनि यो सिजन ट्रफी जितेर कीर्तिमान बनाएको छ।

साथै, टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । क्लबले १ सय मिलियन‌ पाउन्डको आर्थिक लाभ पनि पाउनेछ।

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन आमोरिमले आइतबार एस्टन भिल्लाविरुद्धको अन्तिम प्रिमियर लिग खेलमा टोलीलाई उतार्नेछन् ।

तर यो सिजनको खराब प्रदर्शनले उनको नेतृत्वमा प्रश्न उठाएको छ। उनले आक्रमणमा मासन माउन्टलाई अलेहान्द्रो गार्नाचोको सट्टा रोज्नु गलत सावित भयो।

कप्तान ब्रुनो फर्नान्डेस पनि सामान्यभन्दा सुस्त देखिए । जसका कारण युनाइटेड खेलमा फर्कन सक्ने रचनात्मकता देखाउन सकेन।

दोस्रो हाफको मध्यतिर रास्मुस होइलुन्डको हेडर गोल लाइनबाट मिकी भ्यान डे भेने शानदार क्लियर गरेपछि युनाइटेड बराबरीको नजिक पुगेको थियो।

खेलको अन्त्यतिर लुक शको हेडरलाई भिकारीयोले उत्कृष्ट बचाउ गरेपछि टोटनहमले जित निश्चित गर्‍यो। –एजेन्सी

Published Date: 22 May 2025








ताजा
हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
मदरल्याण्ड स्कुलको “सम्मान तथा प्रतिभा प्रस्तुतीकरण–२०८२” सम्पन्न








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ