म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो : Icon Khabar

काठमाडौं, जेठ ७ । म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको छनोटको सम्भावनालाई थप मजबुत बनाएको छ।

सिटीले इंग्लिस प्रिमियर लिगमा मंगलवार एएफसी बर्नमाउथलाई ३-१ ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ। बर्नमाउथको युरोपेली फुटबल खेल्ने आशा समाप्त भएको छ ।

घरेलु मैदानमा १४ औं‌ मिनेटमा ओमार मार्मुशको शानदार गोलले पेप ग्वार्डिओलाको टोलीलाई प्रारम्भिक अग्रता दिलायो।

क्लबका लागि अन्तिम घरेलु खेल खेलिरहेका केभिन डि ब्रुयनाले दोस्रो गोलको सुनौलो मौका गुमाए । तर त्यसपछि बर्नार्डो सिल्भाले ३८ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।

माटेओ कोभासिचको रातो कार्डका कारण डि ब्रुयनाको इटिहाड स्टेडियममा बिदाइ खेल समयअघि नै टुंगियो। तर, उनको स्थानमा मैदान प्रवेश गरेका निको गोन्जालेजले ८९औं मिनेटमा तेस्रो गोल गरे। त्यसअघि बर्नमाउथका लुइस कुकले पनि रातो कार्ड पाएका थिए। दुबै टोलीले १० खेलाडीमा खेलको अन्त्य गरे।

ड्यानियल जेब्बिसनले ११औं स्थानमा रहेको बर्नमाउथका लागि इन्ज्युरी समयको‌ छैटौं मिनेटमा एक सान्त्वना गोल फर्काए । सिटीका स्टार रोड्री लामो प्रतीक्षापछि बेञ्चबाट मैदानमा फर्किए।

सिटी ६८ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लियो। आइतवार फुलहममसँग सिजनको अन्तिम खेलबाट १ अंक जोडेमा सिटी शीर्ष ५ मा स्थान सुरक्षित हुनेछ।- एजेन्सी

Published Date: 21 May 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर