च्याम्पियन लिभरपुल पराजित

च्याम्पियन लिभरपुल पराजित : Icon Khabar

काठमाडौँ, जेठ ६ । च्याम्पियन लिभरपुल इंग्लिस प्रिमियर लिगमा सोमवार पराजित भएको छ। लिभरपुलले दुई पटक अग्रता लिए पनि ब्राइटनले सानदार पुनरागमन गर्दै ३-२ ले खेल जित्यो ।

परिवर्तित ज्याक हिन्सेलवुडले ८५ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । उनले मैदान छिरेको केही क्षणमै म्याट ओ’राइलीको क्रसमा हेडरमार्फत गोल गरेका हुन् । सुरुमा अफसाइडको निर्णय भए पनि भारद्वारा जाँचपछि गोल मान्यता दिइयो।

लिभरपुलले १-० र पछि २-१ को अग्रता लिएको थियो। तर जोगाउन सकेन ‌ । ब्राइटनले उत्कृष्ट पुनरागमन गर्दै तालिका मा आठौं स्थानमा उक्लियो, ब्रेन्टफोर्डभन्दा ३ अंकले अघि‌ रह्यो।

एमेक्स स्टेडियममा भएको खेलमा लिभरपुलले नवौं मिनेटमा हार्भी एलियटको गोलबाट अग्रता लियो । त्यसपछि यासिन अयारीले ग्राउन्ड ३२ औं मिनेटमा बराबरी गोल गरे।

तर डोमिनिक स्जोबोस्लाईले इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेपछि लिभरपुललाई पुन: अग्रता बनायो ।

६९ औं मिनेटमा कौरो मितोमाले गोल गर्दै खेललाई २-२ को बराबरीमा बनाए । त्यसपछि हिन्सेलवुडको गोलले ब्राइटन विजयी भयो।

ब्राइटनले अब आइतवार लिगको आफ्नो अन्तिम खेल टोटेनहमसँग खेल्नेछ।–एजेन्सी

Published Date: 20 May 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर