आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, जेठ ६ । आज २०८२ जेठ ६ गते मंगलबार, तद्अनुसार २० मे २०२५ । आज ज्येष्ठ कृष्ण पक्ष अष्ठमी, भौमाष्टमी व्रत, गोरखकाली पूजा, सूर्योदय बिहानः ०५ः१२ बजे, सूर्यास्त साँझः १८ः४९ बजे ।

आजको राशिफल

मेष: व्यावसायिक यात्राले लाभ दिनेछ । लगानी शुभ रहने छ । व्यापारको गति बढ्ने छ । लाभमा वृद्धि हुनेछ । लाभको मौका पटक पटक प्राप्त हुनेछ ।

वृष: प्रभाव क्षेत्रमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधारहुनेछ । कुनै विशेष क्षेत्रमा सामाजिक कार्य गर्ने इच्छा रहने छ ।

मिथुन: लाभमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ । धर्म-कर्ममा रुचि बढ्ने छ । अदालतको काममा अनुकूलता आउने छ । लगानी शुभ रहने छ ।

कर्कट: बोलिचालीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । शत्रु सक्रिय रहने छन् । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । जोखिम नलिनु होला ।

सिंह: प्रसन्नता रहने छ । शेयर मार्केटबाट लाभ हुनेछ । जागिरमा उच्चाधिकारी प्रसन्न रहने छन् । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । भाग्यको साथ रहने छ ।

कन्या: सम्पत्तिको कार्यले ठूलो लाभ दिने छ । प्रसन्नता कायम रहने छ । शेयर मार्केटमा सोच-विचार गरेरमात्र लगानी गर्नु होला । आर्थिक उन्नतिको प्रयास सफल रहने छ ।

तुला: जागिरमा कार्यको प्रशंसा हुनेछ । लाभको अवसर हात पर्नेछ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । यात्रा लाभदायक रहने छ ।

वृश्चिक: आज काममा मन लाग्ने छैन । प्रयास बढी गर्नु पर्नेछ । व्यर्थको भागदौड रहने छ । अरुको उक्साहटमा नआएर महत्वपूर्ण निर्णय आफैंले लिँदा लाभ हुने छ ।

धनु: प्रयास सफल रहने छ । लगानी शुभ रहने छ । व्यापार लाभदायक रहने छ । हतारमा कुनै पनि नगर्नु होला । अविवाहितहरुले वैवाहिक प्रस्ताव पाउने छन् ।

मकर: अप्रत्याशित लाभ हुनसक्छ । व्यवसायमा लाभ हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । कुनै पनि निर्णय लिन हतार नगर्नु होला । लेन-देनमा सावधानी अपनाउनु होला ।

कुम्भ: अचानक कतैबाट लाभको सम्भावना देखा पर्नेछ । कुनै ठूलो समस्याबाट छुटकारा पाइने छ । सहयोग प्राप्त हने छ। उपहार पाउने सम्भावना छ । अप्रत्याशित खर्च बढ्ने छ । मस्तिष्क पीडा हुनसक्छ ।

मीन: फजूल खर्च हुनेछ । नकारात्मकता रहने छ । चिन्ता तथा तनाव रहने छ । जोखिम नलिनु होला । बहुमूल्य वस्तु हराउन सक्छ, ध्यान दिनु होला । अरुको झगडामा नपर्नु होला ।

Published Date: 20 May 2025
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी