त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागु औषध गाँजा बरामद, भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागु औषध गाँजा बरामद, भारतीय नागरिक पक्राउ : Icon Khabar

काठमाडौं, जेठ ५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ ।

दुई छुट्टाछुट्टै घटनामा करिब ६ किलो गाँजा बरामद गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाबाट १ किलो ५ सय ग्राम गाँजासहित भारतीय नागरिक २७ वर्षीय अरुण पलाथिङ्गल सोमन पक्राउ परेका हुन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेसबाट उक्त गाँजा बरामद भएको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागु औषध नियन्त्रण ब्युरो पठाइएको छ ।

यसैगरी विमानस्थलको पार्किङ एरियाबाट ४ किलो २ सय १५ ग्राम गाँजासहित अर्का भारतीय पनि पक्राउ परेका छन् । भारतीय नागरिक ३५ वर्षीया सुमैया मेहबुब शिखलाई प्रहरीले पक्राउ गरेको हो ।

थाई एयरवेजको उडानमार्फत बैंककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको सुटकेसबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागु औषध नियन्त्रण ब्युरो पठाइएको छ ।

Published Date: 19 May 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने