‘एक विद्यालय, एक नर्स’ कार्यक्रम एक हजार ३८७ विद्यालयमा लागु

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम एक हजार ३८७ विद्यालयमा लागु : Icon Khabar

काठमाडौँ, जेठ ५ । आर्थिक वर्ष २०८०/८१ मा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम एक हजार ३८७ विद्यालयमा लागु भएको छ ।

स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदन २०८०/८१ मा विद्यालय नर्स कार्यक्रम एक हजार ३८७ विद्यालयमा लागु भएको उल्लेख गरेको छ ।

उक्त प्रतिवेदन अनुसार उक्त कार्यक्रम नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाअन्तर्गत १९ प्रतिशत अर्थात २६० वटा विद्यालयमा लागु भएको छ भने बाँकी एक हजार १२७ विद्यालयमा प्रदेशअन्तर्गत लागु भएको छ । केही निजी विद्यालयले पनि यो कार्यक्रम लागु गरेका प्रतिवेदनले उल्लेख गरेको छ ।

यो कार्यक्रम सबैभन्दा बढी बागमती प्रदेशका विद्यालयमा लागु भएको छ । बागमती प्रदेश सरकारले ८६८ वटा विद्यालयमा यो कार्यक्रम लागु गरेको छ ।

त्यसैगरी, कोशी प्रदेशमा १८०, मधेश प्रदेशमा ७६, गण्डकी प्रदेशमा ८९, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १०२, सुदूप्रश्चिम प्रदेशमा ३६ वटा विद्यालयमा यो कार्यक्रम लागु भएको छ ।

सरकारले २०७६÷७७ मा विद्यालयमा स्वास्थ्यका समस्या समाधान गर्न र विद्यार्थीका माध्यमबाट अभिभावकलाई स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम बागमती प्रदेशबाट पाइटल कार्यक्रको रूपमा सुरु सञ्चालन गरेको थियो ।

Published Date: 19 May 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने