च्याम्पियन पिएसजीको पुनरागमन जित

च्याम्पियन पिएसजीको पुनरागमन जित : Icon Khabar

काठमाडौँ, जेठ ४ । च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पिएसजी ) ले जितेका साथ लिग वान सिजनको अन्त्य गरेको छ। पिएसजीले शनिवार ओसेरमाथि ३-१ को पुनरागमन जित निकालेको हो।

अप्रिल ५ मा आङ्जेरलाई हराएर ६ खेल बाँकी छँदै पिएसजीले लगातार चौथो लिग १ उपाधि जितेका थियो। ३० औं मिनेटमा लासिन सिनेयोकोले गोल गर्दै ओसेरलाई अप्रत्याशित अग्रता दिलाए।

पिएसजीले दोस्रो हाफको ८ मिनेटभित्र दुई गोल गर्दै सिजनको २६औं लिग खेल जित्यो ।

ख्विचा ख्वारात्स्खेलियाले ५९ औं मिनेटमा बराबरी गोल गरे । त्यसपछि मार्किन्होसले ६७ औं मिनेटमा हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

गोनकालो रामोसले पेनाल्टीमार्फत अग्रता बढाउने अवसर गुमाए । तर ख्वारात्स्खेलियाले ८८औं मिनेटमा गोल गर्दै ३-१ को जित निश्चित गरे।

लुइस एनरिकको टोली आउने १४ दिनभित्र दुई फाइनल खेल्दै थप उपाधि जित्ने प्रयासमा छ। पिएसजीले ले मे २४ मा रेम्ससँग फ्रेन्च कप फाइनल खेल्नेछ । त्यस्तै मे ३१ मा च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानसँग भिड्नेछ।

पिएसजीले यसअघि जनवरीमा मोनाकोलाई हराएर फ्रेन्च सुपर कप पनि जितेको थियो । जसले गर्दा सिजनको अन्त्यमा चार उपाधिसम्म जित्ने सम्भावना छ।

पिएसजी जुनमा हुने नयाँ स्वरूपको फिफा क्लब विश्वकपमा पनि सहभागी हुने तयारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 May 2025
Website | + posts
ताजा
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो
इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )