च्याम्पियन पिएसजीको पुनरागमन जित

च्याम्पियन पिएसजीको पुनरागमन जित : Icon Khabar

काठमाडौँ, जेठ ४ । च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पिएसजी ) ले जितेका साथ लिग वान सिजनको अन्त्य गरेको छ। पिएसजीले शनिवार ओसेरमाथि ३-१ को पुनरागमन जित निकालेको हो।

अप्रिल ५ मा आङ्जेरलाई हराएर ६ खेल बाँकी छँदै पिएसजीले लगातार चौथो लिग १ उपाधि जितेका थियो। ३० औं मिनेटमा लासिन सिनेयोकोले गोल गर्दै ओसेरलाई अप्रत्याशित अग्रता दिलाए।

पिएसजीले दोस्रो हाफको ८ मिनेटभित्र दुई गोल गर्दै सिजनको २६औं लिग खेल जित्यो ।

ख्विचा ख्वारात्स्खेलियाले ५९ औं मिनेटमा बराबरी गोल गरे । त्यसपछि मार्किन्होसले ६७ औं मिनेटमा हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

गोनकालो रामोसले पेनाल्टीमार्फत अग्रता बढाउने अवसर गुमाए । तर ख्वारात्स्खेलियाले ८८औं मिनेटमा गोल गर्दै ३-१ को जित निश्चित गरे।

लुइस एनरिकको टोली आउने १४ दिनभित्र दुई फाइनल खेल्दै थप उपाधि जित्ने प्रयासमा छ। पिएसजीले ले मे २४ मा रेम्ससँग फ्रेन्च कप फाइनल खेल्नेछ । त्यस्तै मे ३१ मा च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानसँग भिड्नेछ।

पिएसजीले यसअघि जनवरीमा मोनाकोलाई हराएर फ्रेन्च सुपर कप पनि जितेको थियो । जसले गर्दा सिजनको अन्त्यमा चार उपाधिसम्म जित्ने सम्भावना छ।

पिएसजी जुनमा हुने नयाँ स्वरूपको फिफा क्लब विश्वकपमा पनि सहभागी हुने तयारीमा छ।

Published Date: 18 May 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर