सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर : Icon Khabar

काठमाडौँ, वैशाख २९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ३५ पैसा र बिक्रीदर १८२ रूपैयाँ १५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १६४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४० पैसा र बिक्रीदर ८७ रूपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७९ पैसा र बिक्रीदर ९८ रूपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ र बिक्रीदर १०५ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १८ रूपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकेको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८६ पैसा निर्धारण गरिएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७६ पैसा र बिक्रीदर नौ रूपैयाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०४ पैसा र बिक्रीदर १४ रूपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५५ पैसा र बिक्रीदर २० रूपैयाँ ६४ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५२ पैसा र बिक्रीदर १७ रूपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ३० पैसा र बिक्रीदर ४४६ रूपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ०५ पैसा रहेको छ।

यसैगरी भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

Published Date: 12 May 2025
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता