भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौं : पाकिस्तानी प्रधानमन्त्री

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौं : पाकिस्तानी प्रधानमन्त्री : Icon Khabar

काठमाडौं, वैशाख २४ । भारतले मंगलबार रातिबाट पाकिस्तानमा आक्रमण गरेपछि दुई देशबीच तनाव बढेको छ । पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफले ‘कायरतापूर्ण आक्रमण’ भन्दै कडा जवाफ दिइने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘धोकेवाज दुश्मनले पाकिस्तानको पाँच स्थानमा कायरतापूर्ण हमला गरेको छ, यो घृणित आक्रमणको कुनै पनि हालतमा जवाफ नदिइ छाडिन्न ।’ भारतको यो आक्रमणको जवाफ दिन पाकिस्तानले पूर्ण अधिकार राख्ने समेत उनले भनेका छन् ।

भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’ नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तान कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’ का नौ ठाउँहरूलाई निशाना बनाएको थियो । भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैर–उत्तेजक’ भएको दाबी गरेको छ ।

पाकिस्तानी सेनाले भारतले कोटली, मुजफ्फराबाद र बहावलपुर सहित ६ ठाउँमा आक्रमण गरेको र कम्तीमा ३० जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा ३ वर्षीय बालक पनि छन् । यस्तै ३५ जना घाइते भएको पाकिस्तानले बताएको छ।

पाकिस्तानी सेनाले सर्वसाधारणका घरहरूलाई निशाना बनाइएको दाबी गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक वक्तव्यमा भने, ‘भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ ।’ पाकिस्तानी सेनाले ‘हवाई र जमिनी’ रूपमा जवाफ दिने बताएको छ । रातभरको आक्रमणपछि, भारतीय सेनाले ‘न्याय भएको’ बताएको छ ।

Published Date: 07 May 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी