पञ्जाबसँगको हारले चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

पञ्जाबसँगको हारले चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो : Icon Khabar

काठमाडौं, वैशाख १८ ।  चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ।

महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ।

श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० औं खेलमा यो आठौं हार हो ।

चेन्नईले दिएको १ सय ९१ रनको लक्ष्य पञ्जाबले १९.४ ओभरमा ६ विकेटको नोक्सानीमा मा पूरा गर्‍यो ।पञ्जाबको जितमा कप्तान श्रेयस र ओपनर प्रभसिमरन सिंहले अर्धशतक बनाए।

श्रेयसले सर्वाधिक ७२ रन बनाए । प्रभसिमरनले ५४ रन जोडे । ओपनर प्रियान्श आर्या र शशांक सिंहले समान २३ रन बनाए ।

चेन्नईका मथिसा पथिराना र खलिल अहमदले समान २ तथा नूर अहमद र रविन्द्र जडेजाले‌ समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पन्जाबले फिल्डिङ रोज्यो । चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो।
४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो।

चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने कोसिस गरे। डिवाल्ड ३२ रनमा आउट भए।

सामले विष्फोटक ब्याटिङ गरे। ४७ बल खेल्दै ९ चौका र ४ छकका सहित ८८ रन बनाए। साम र डिवाल्ड बाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्।

रविन्द्र जडेजाले १७ रन तथा शेख रसिद र महेन्द्र सिंह धोनीले समान ११ रन बटुले। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा युज्बेन्द्र चाहालले ३ ओभरमा ३२ रन दिएर ४ विकेट लिए। उनले आफ्नो अन्तिम ओभरमा ह्याट्रिक पूरा गरे। अर्शदीप सिंह र मार्को जानसेनले समसन २ विकेट लिए ।

१३ अंकसहित पन्जाब दोस्रो स्थानमा उक्लिएको छ। चेन्नई ४ अंकका साथ तालिकाको पुछारमा छ। –एजेन्सी

Published Date: 01 May 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु