पञ्जाबसँगको हारले चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

पञ्जाबसँगको हारले चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो : Icon Khabar

काठमाडौं, वैशाख १८ ।  चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ।

महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ।

श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० औं खेलमा यो आठौं हार हो ।

चेन्नईले दिएको १ सय ९१ रनको लक्ष्य पञ्जाबले १९.४ ओभरमा ६ विकेटको नोक्सानीमा मा पूरा गर्‍यो ।पञ्जाबको जितमा कप्तान श्रेयस र ओपनर प्रभसिमरन सिंहले अर्धशतक बनाए।

श्रेयसले सर्वाधिक ७२ रन बनाए । प्रभसिमरनले ५४ रन जोडे । ओपनर प्रियान्श आर्या र शशांक सिंहले समान २३ रन बनाए ।

चेन्नईका मथिसा पथिराना र खलिल अहमदले समान २ तथा नूर अहमद र रविन्द्र जडेजाले‌ समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पन्जाबले फिल्डिङ रोज्यो । चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो।
४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो।

चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने कोसिस गरे। डिवाल्ड ३२ रनमा आउट भए।

सामले विष्फोटक ब्याटिङ गरे। ४७ बल खेल्दै ९ चौका र ४ छकका सहित ८८ रन बनाए। साम र डिवाल्ड बाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्।

रविन्द्र जडेजाले १७ रन तथा शेख रसिद र महेन्द्र सिंह धोनीले समान ११ रन बटुले। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा युज्बेन्द्र चाहालले ३ ओभरमा ३२ रन दिएर ४ विकेट लिए। उनले आफ्नो अन्तिम ओभरमा ह्याट्रिक पूरा गरे। अर्शदीप सिंह र मार्को जानसेनले समसन २ विकेट लिए ।

१३ अंकसहित पन्जाब दोस्रो स्थानमा उक्लिएको छ। चेन्नई ४ अंकका साथ तालिकाको पुछारमा छ। –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2025
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू