‘फेक’ पत्रले पक्राउ परेका रेशम चौधरी रिहा

‘फेक’ पत्रले पक्राउ परेका रेशम चौधरी रिहा : Icon Khabar

काठमाडौं, वैशाख १७ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी छुटेका छन् । सर्वोच्च अदालतबाट अनधिकृत (फेक) पत्रका आधारमा पक्राउ परेका चौधरीलाई सर्वोच्चले अर्को पत्र पठाएपछि छाडेको हो । रेशमलाई बुबा लालबीर चौधरी र नायपा अध्यक्ष समेत रहेकी पत्नी रञ्जिता श्रेष्ठको जिम्मामा छाडिएको छ ।

‘सर्वोच्चको अर्को पत्र आएपछि प्रक्रिया पुर्‍याएर उहाँलाई छाडेका हौं,’ डिल्लीबजार कारागार कार्यालका एक अधिकारीले भने । बुधबार प्रज्ञा भवनमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताका लागि कार्यक्रम सुरु हुन लाग्दा उनी त्यहीँबाट पक्राउ परेका थिए । सर्वोच्चको रिट तथा मुद्दा महाशाखाबाट चौधरीलाई पक्राउ गर्नू भन्ने पत्र पुगेपछि काठमाडौं प्रहरी परिसरले चौधरीलाई पक्राउ गरी बुधबार नै डिल्लीबजार कार्यालयमा बुझाएको थियो ।

सर्वोच्चको पत्रबारे सर्वोच्च प्रशासन नै अनभिज्ञ थियो । यसले सर्वोच्चमै दिनभरि बबन्डर मच्चाएको थियो । पछि महाशाखामा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्टले अनधिकृत हस्तक्षर गरी पत्र पठाएको खुलेपछि उनी पक्राउ परेका छन् । विष्टले अनधिकृत पत्र पठाएको पत्र प्रष्टीकरण दिएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति जारी गरी घटनाबारे प्रष्टीकरण दिएका छन् ।
सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बुधबार अपराह्न विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाही प्रक्रिया सुरू भएको जानकारी गराएका छन् ।

‘यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२।०१।१७ को कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रूपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रक्रिया सुरू गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 April 2025
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने