काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस : Icon Khabar

काठमाडौं, वैशाख ३ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।

नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ०४ः०५ बजे गएको हो ।

पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । केन्द्रका अनुसार मङ्गलबार बिहान ०४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर चार दशमलव चार म्यााग्निच्युडको भूकम्प गएको थियो ।

गत सोमबार राति ०९ः३१ बजे पनि जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक म्यााग्निच्युडको भूकम्प गएको थियो ।

कुशे गाउँपालिकाको पैंकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भएनभएकोबारे कुनै विवरण भने प्राप्त भएको छैन । केन्द्रका अनुसार गत चैत २१ गते साँझ ९ ०८ः०७ बजे० र ९०८ः१० बजे० सोही स्थानलाई केन्द्रविन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प पाँच दशमलव दुई म्यााग्निच्युड र दोस्रो पाँच दशमलव पाँच म्यााग्निच्युडका थियो । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो ।

चैत २० गते दार्चुलामा चार म्यााग्निच्युडको भूकम्प गएको थियो । चैत १२ गते हुम्लाई केन्द्रविन्दु बनाएर चार दशमलव पाँच म्यााग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रको वेबसाइटमा उल्लेख छ ।

Published Date: 16 April 2025
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?