एसइई २०८१ सम्पन्न, आगामी असार ७ गतेभित्र नतिजा सार्वजनिक हुने

एसइई २०८१ सम्पन्न, आगामी असार ७ गतेभित्र नतिजा सार्वजनिक हुने : Icon Khabar

भक्तपुर, चैत २० । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा यही चैत ७ गतेबाट सुरु भएको परीक्षा मंगलबारबाट सम्पन्न भएको हो ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, “यसवर्षको परीक्षा शान्तिपूर्ण र मर्यादित रह्यो, अर्मयादित काममा संलग्न भएका केही निरीक्षक निष्कासित समेत भए ।”

यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए । जसमा सबैभन्दा काठमाडौँमा ३९ हजार ६०० र सबैभन्दा कम मनाङ्गमा ४३ जना थिए । जापानको एक परीक्षाकेन्द्रमा २९ जनाले एसइई दिए । साथै काठमाडौँको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थी सहभागी भएका थिए ।

बोर्डले यसवर्ष परीक्षाफल आगामी असार ७ गतेभित्र सार्वजनिक गर्ने जनाएको छ । परीक्षामा न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । विसं २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए ।

Published Date: 02 April 2025
ताजा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय