काठमाडौंमा वायु प्रदूषण उच्च तहमै कायम

काठमाडौंमा वायु प्रदूषण उच्च तहमै कायम : Icon Khabar

काठमाडौं, चैत २० । पछिल्लो केहीदिनयता काठमाडौंमा वायु प्रदूषण उच्च तहमै कायम रहेको छ । सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित सहर बनेको काठमाडौं आज दोस्रो स्थानमा कायम रहेको छ ।

आज काठमाडौंको एयर क्वालीटी इन्डेक्स (एक्यूआई) २२३ पुगेको छ । आज सबैभन्दा धेरै भारतको दल्ली सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । आज दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ३२४ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ ।

वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले सजग रहन विज्ञहरुले आग्रह गर्ने गरेका छन् ।

Published Date: 02 April 2025
ताजा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय