काठमाडौंमा वायु प्रदूषण उच्च तहमै कायम

काठमाडौंमा वायु प्रदूषण उच्च तहमै कायम : Icon Khabar

काठमाडौं, चैत २० । पछिल्लो केहीदिनयता काठमाडौंमा वायु प्रदूषण उच्च तहमै कायम रहेको छ । सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित सहर बनेको काठमाडौं आज दोस्रो स्थानमा कायम रहेको छ ।

आज काठमाडौंको एयर क्वालीटी इन्डेक्स (एक्यूआई) २२३ पुगेको छ । आज सबैभन्दा धेरै भारतको दल्ली सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । आज दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ३२४ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ ।

वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले सजग रहन विज्ञहरुले आग्रह गर्ने गरेका छन् ।

Published Date: 02 April 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने