मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान : Icon Khabar

काठमाडौँ, चैत २० । भूकम्पका कारण क्षति भएको म्यानमारमा मेडिकल राहतसहित नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ।

नेपाल सरकारले गरेको निर्णयअनुसार सेनाको टोली बुधबार म्यानमार प्रस्थान गरेको हो। प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन-२३५ कासा विमानद्वारा म्यानमार प्रस्थान गरेको हो।

विभिन्न प्रकृतिका आवश्यक औषधि एवं इक्युप्मेन्टहरूसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न छन्।

उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्ने नेपाली सेनाले जनाएको छ।

म्यानमारको राजधानी नापिडो आसपास केन्द्र गरी गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। उक्त भूकम्पबाट तीन हजार बढी घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जानकारी दिएको छ।

खोज र उद्धारमा समस्या भएपछि म्यानमारले विश्व समूदायलाई सहयोगका लागि आह्वान गरेको छ। चीन, भारतलगायत आसपासका देशहरूले खोज, उद्धारका लागि सेना र बन्दोबस्तीका सामग्री पठाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2025
Website | + posts
ताजा
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने
नाइजेरियाको एक मस्जिदमा आक्रमण हुँदा २७ जनाको मृत्यु
बुधबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू