मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान : Icon Khabar

काठमाडौँ, चैत २० । भूकम्पका कारण क्षति भएको म्यानमारमा मेडिकल राहतसहित नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ।

नेपाल सरकारले गरेको निर्णयअनुसार सेनाको टोली बुधबार म्यानमार प्रस्थान गरेको हो। प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन-२३५ कासा विमानद्वारा म्यानमार प्रस्थान गरेको हो।

विभिन्न प्रकृतिका आवश्यक औषधि एवं इक्युप्मेन्टहरूसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न छन्।

उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्ने नेपाली सेनाले जनाएको छ।

म्यानमारको राजधानी नापिडो आसपास केन्द्र गरी गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। उक्त भूकम्पबाट तीन हजार बढी घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जानकारी दिएको छ।

खोज र उद्धारमा समस्या भएपछि म्यानमारले विश्व समूदायलाई सहयोगका लागि आह्वान गरेको छ। चीन, भारतलगायत आसपासका देशहरूले खोज, उद्धारका लागि सेना र बन्दोबस्तीका सामग्री पठाएका छन्।

Published Date: 02 April 2025
ताजा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय