ललितपुरको शिव मन्दिरभित्र टाउको गिडिएको अवस्थामा युवकको शव भेटियो

ललितपुरको शिव मन्दिरभित्र टाउको गिडिएको अवस्थामा युवकको शव भेटियो : Icon Khabar

ललितपुर, चैत १४ । ललितपुरको महालक्ष्मी नगरपालिका–४, ओचु हाइटको शिव मन्दिरभित्र टाउको गिंडिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

गए मध्यरातमा ओचू हाइटको शिव मन्दिरभित्र एक युुवाको टाउको गिडिएको अवस्थामा सातदोबाटो प्रहरीले शव फेला पारेको हो । गस्तीमा रहेको प्रहरीले हतियारसहित एक युवालाई पक्राउ गरेको छ । उनी रगतले लतपतिएको धारिलो हतियारसहित पक्राउ परेको र उनले हत्या गरेको बताएपछि प्रहरीले त्यहाँ शव फेला पारेको प्रहरी वृत सातदोबाटोका इन्चार्ज प्रहरी नायव उपरीक्षक चित्र भट्टराईले जानकारी दिए ।

मृतक युवक रामेछापको भएको र व्यक्तिगत सिसिइबीका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ । मृतकको पहिचान खुलेको छैन तर उनको उमेर करिब २३ वर्ष रहेको प्रहरीको भनाइ छ ।स्थानीयले भने मृतक युवा पक्राउ परेका व्यक्तिको बैनीबीच प्रेम सम्बन्धको विषयमा विवाद रहेको जनाइएका छन् ।

स्थानीयका अनुसार मृतक युवक पक्राउ परेका व्यक्तिको बैनीसँग प्रेम सम्बन्धमा थिए । जसका कारण झगडा भएको बताइएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Published Date: 27 March 2025


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली