ललितपुरको शिव मन्दिरभित्र टाउको गिडिएको अवस्थामा युवकको शव भेटियो

ललितपुरको शिव मन्दिरभित्र टाउको गिडिएको अवस्थामा युवकको शव भेटियो : Icon Khabar

ललितपुर, चैत १४ । ललितपुरको महालक्ष्मी नगरपालिका–४, ओचु हाइटको शिव मन्दिरभित्र टाउको गिंडिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

गए मध्यरातमा ओचू हाइटको शिव मन्दिरभित्र एक युुवाको टाउको गिडिएको अवस्थामा सातदोबाटो प्रहरीले शव फेला पारेको हो । गस्तीमा रहेको प्रहरीले हतियारसहित एक युवालाई पक्राउ गरेको छ । उनी रगतले लतपतिएको धारिलो हतियारसहित पक्राउ परेको र उनले हत्या गरेको बताएपछि प्रहरीले त्यहाँ शव फेला पारेको प्रहरी वृत सातदोबाटोका इन्चार्ज प्रहरी नायव उपरीक्षक चित्र भट्टराईले जानकारी दिए ।

मृतक युवक रामेछापको भएको र व्यक्तिगत सिसिइबीका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ । मृतकको पहिचान खुलेको छैन तर उनको उमेर करिब २३ वर्ष रहेको प्रहरीको भनाइ छ ।स्थानीयले भने मृतक युवा पक्राउ परेका व्यक्तिको बैनीबीच प्रेम सम्बन्धको विषयमा विवाद रहेको जनाइएका छन् ।

स्थानीयका अनुसार मृतक युवक पक्राउ परेका व्यक्तिको बैनीसँग प्रेम सम्बन्धमा थिए । जसका कारण झगडा भएको बताइएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2025
Website | + posts
ताजा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द
सरकारद्वारा एकैपटक ७२ जना सहसचिवहरूको सरुवा
विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ
बुधबार नेप्से परिसूचक १०.५० अंकले घट्यो


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू