आईपीएलमा गुजरातमाथि पञ्जाबको रोमाञ्चक जित

आईपीएलमा गुजरातमाथि पञ्जाबको रोमाञ्चक जित : Icon Khabar

काठमाडौं, चैत १३ । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत मंगलबार अर्को हाइ स्कोरिङ खेलमा पञ्जाब किङ्सले गुजरात टाइटनलाई ११ रनले हराएको छ । सुरुमा ब्याटिङ गरेको पञ्जाबले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरात २३२ रनमा समेटिएको हो ।

सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि कप्तान श्रेयास ऐयारले कप्तानी पारी खेलेका हुन् । उनले अविजित रहँदै ४२ बलमा ९७ रन जोडे । उनी शतकका लागि मात्र तीन रनले चुके । २४४ रनको लक्ष्य पछ्याएको गुजरातले ५ विकेट गुमाउँदै २३२ रन मात्र जोड्दा पञ्जाब ११ रनले विजयी भयो ।

गुजरातका साइ सुदर्शनले ४१ बलमा ७४ रन र कप्तान शुभमन गिल १४ बलमा ३३ रन जोडेर आउट भएका थिए । सेफन रुदरफोर्डले २८ बलमा ४६ रन जोडे । जोस बटलरले ३३ बलमा ५४ रन जोडे। आर्सदीप सिंहले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । पञ्जाबका लागि कप्तान ऐयारले अविजित रहँदै ४२ बलमा ९७ रन जोडे। उनको पारीमा ५ चौका र ९ छक्का समावेश थियो ।

यसैगरी, पञ्जाबका लागि शशांक सिंहले नटआउट १६ बलमा ४४ रन जोडे । उनको पारीमा ६ चौका र २ छक्का समावेश थियो । यसअघि प्रियांश आर्यले पारीको सुरुवात गर्दै २३ बलमा ४७ रन जोडेका थिए । यो खेलसँगै आईपीएल यो जितको पहिलो खेल सबै टिमले खेलिसकेका छन् । पहिलो खेलमा सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोरु, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स विजयी हुँदा गुजरात टाइटन, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, कोलकोत्ता किंग्स राइडर्स र राजस्थान रोयल्सले पराजयबाट खेलको सुरुवात गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 March 2025
Website | + posts
ताजा
नेपाली फिल्म ‘महाभोज’ अब नेपाली ओटीटी प्लेटफर्ममा
विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण त्रिविद्वारा सरकारसँग सुरक्षा माग
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल