च्याम्पियन्स ट्रफीमा भारतको ह्याट्रिक

च्याम्पियन्स ट्रफीमा भारतको ह्याट्रिक : Icon Khabar

काठमाडौं, फागुन २६ । भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधिमा ह्याट्रिक गरेको छ । आइतबार भएको फाइनलमा न्यूजील्याण्डलाई चार विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

न्यूजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाकि ७६ रन बनाए । ८३ बलको सामना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे ।

त्यस्तै श्रेयस अय्यरले ४८, केएल राउलले ३४ रन बनाए । शुभमन गिलले ३१ रन बनाउँदा विराट कोहली एक रनमा आउट भए । टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २५१ रन बनाएको थियो ।

न्यूजील्याण्डका लागि डार्यल मिचेलले सर्बाधिक ६३ रन बनाए भने माइकल ब्रासवेलले अविजित ५३ रन बनाएका थिए । त्यस्तै रचिन रविन्द्रले ३७, ग्लेन फिलिपले ३४, विल योंगले १५, टम लाथमले १४ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलरवरुण चक्रवर्ती र कुलदीप यादवले २–२ विकेट लिए भने मोहमद शामी र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।

यसअघि सन् २०१३ पनि भारतले यो प्रतियोगिताको उपाधि जितेको थियो । त्यस्तै सन् २००२ मा वर्षाका कारण खेल रद्ध हुँदा श्रीलंका र भारतले संयुक्त रुपमा उपाधि जितेको थिए ।

यस अघि सन् २००० च्याम्पियन्स ट्रफी जितेक न्यूजील्याण्ड भने दोस्रो पटक उपविजेता बनेको छ ।

Published Date: 10 March 2025


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग