थापाथलीमा फेरि फुट्यो मेलम्चीको पाइप, सडक अवरुद्ध

थापाथलीमा फेरि फुट्यो मेलम्चीको पाइप, सडक अवरुद्ध : Icon Khabar

काठमाडौं, फागुन २० । काठमाडौँको थापाथलीमा फेरि मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फुटेको छ । मंगलबार बिहान थापाथली चोक नजिकै मेलम्चीको पाइप फुटेको हो । बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको छ । सडक समेत अवरुद्ध भएको छ ।

पाइप फुटेपछि सडकभरि नै पानी बगेको छ भने सडक समेत भत्किएको छ । थापाथलीमा पाइप लाइन फुट्नुको कारण भने खुलिसकेको छैन । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल आउने सडकमा पाइपको लाइन फुटेको हो ।

यसअघि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी नै आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए । बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 March 2025
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न