थापाथलीमा फेरि फुट्यो मेलम्चीको पाइप, सडक अवरुद्ध

थापाथलीमा फेरि फुट्यो मेलम्चीको पाइप, सडक अवरुद्ध : Icon Khabar

काठमाडौं, फागुन २० । काठमाडौँको थापाथलीमा फेरि मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फुटेको छ । मंगलबार बिहान थापाथली चोक नजिकै मेलम्चीको पाइप फुटेको हो । बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको छ । सडक समेत अवरुद्ध भएको छ ।

पाइप फुटेपछि सडकभरि नै पानी बगेको छ भने सडक समेत भत्किएको छ । थापाथलीमा पाइप लाइन फुट्नुको कारण भने खुलिसकेको छैन । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल आउने सडकमा पाइपको लाइन फुटेको हो ।

यसअघि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी नै आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए । बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो ।

Published Date: 04 March 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु