आइतबार नेप्से परिसूचक ७५.२४ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ७५.२४ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, फागुन १८ । नेप्से परिसूचक आइतबार ७५.२४ अंकले बढेको छ । यससँगै नेप्से सूचक २८९०.२८ अंकमा अर्थात करिब २९ सय विन्दु नजिक आएको छ।

बजार २.६७ प्रतिशतले बढेको हो । १४ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आधा दर्जन कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । उत्पादनमूलक समूहमा सबैभन्दा बढी वृद्धि भएको छ ।

आज ३०२ कम्पनीको २ करोड ९१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९७ करोड ५३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा आएको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र सिन्धु विकास बैंक परेका छन् ।

Published Date: 02 March 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग