आइतबार नेप्से परिसूचक ७५.२४ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ७५.२४ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, फागुन १८ । नेप्से परिसूचक आइतबार ७५.२४ अंकले बढेको छ । यससँगै नेप्से सूचक २८९०.२८ अंकमा अर्थात करिब २९ सय विन्दु नजिक आएको छ।

बजार २.६७ प्रतिशतले बढेको हो । १४ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आधा दर्जन कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । उत्पादनमूलक समूहमा सबैभन्दा बढी वृद्धि भएको छ ।

आज ३०२ कम्पनीको २ करोड ९१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९७ करोड ५३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा आएको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र सिन्धु विकास बैंक परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 March 2025
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने