उपत्यकामा वायु प्रदूषण घट्यो

उपत्यकामा वायु प्रदूषण घट्यो : Icon Khabar

काठमाडौं, फागुन १८ । काठमाडौं उपत्यकामा वायु प्रदूषण घटेको छ । शनिबार (फागुन १७) यता उपत्यकाका शंखपार्क, खुमलटार र भक्तपुरको वायुको गुणस्तर सुधार भएको वातावरण विभागले जनाएको छ ।

आइतबार बिहान ११ः३० बजे ती स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १०९ देखि १२६ सम्म छ । यो सूचकांक गएको शुक्रबार १५४ देखि १८६ सम्म थियो ।

दुई दिनको हल्का वर्षासँगै उपत्यकाको वायुमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा पनि घटेको छ । आइतबार बिहान ११ः३० बजे शंखपार्कको एक्यूआई १२६ र पीएम २.५ को मात्रा ५१.२ माइक्रोग्राम प्रतिघनमिटरमा झरेको छ । यो मात्रा शुक्रबार बिहान ११ बजे १४०.१४ पुगेको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को वायु गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

Published Date: 02 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी