आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदै, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै

आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदै, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै : Icon Khabar

इस्लामाबाद, फागुन ७ । पाकिस्तान र युएईमा संयुक्त रुपमा आयोजनामा आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदैछ । ८ देश सहभागी च्याम्पियन्स ट्रफीमा पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्डले प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल पाकिस्तानको कराँचीमा दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

च्याम्पियन्स ट्रफी खेल्न भारत पाकिस्तान नजाने भएपछि प्रतियोगिताका खेल युएईमा पनि हुन लागेको हो । भारतले सबै खेल युएईमा खेल्नेछ । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा पाकिस्तान, भारत, बंगलादेश र न्युजिल्याण्ड छन् । समूह ‘बी’मा अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका छन् । दुवै समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा खेल्नेछन् । फाइनल खेल मार्च ९ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 February 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने