आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदै, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै

आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदै, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै : Icon Khabar

इस्लामाबाद, फागुन ७ । पाकिस्तान र युएईमा संयुक्त रुपमा आयोजनामा आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदैछ । ८ देश सहभागी च्याम्पियन्स ट्रफीमा पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्डले प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल पाकिस्तानको कराँचीमा दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

च्याम्पियन्स ट्रफी खेल्न भारत पाकिस्तान नजाने भएपछि प्रतियोगिताका खेल युएईमा पनि हुन लागेको हो । भारतले सबै खेल युएईमा खेल्नेछ । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा पाकिस्तान, भारत, बंगलादेश र न्युजिल्याण्ड छन् । समूह ‘बी’मा अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका छन् । दुवै समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा खेल्नेछन् । फाइनल खेल मार्च ९ मा हुनेछ ।

Published Date: 19 February 2025


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर