सोमबार नेप्से परिसूचक २९.८७ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक २९.८७ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, फागुन ५ । सोमबार नेप्से परिसूचक २९.८७ विन्दुले बढेपछि नेप्से सूचक सजिलै २७२७.९१ अंकमा आएको छ । लार्ज क्यापका कम्पनीहरु चल्न थालेसँगै सेयर बजारमा पनि उत्साह थपिएको हो ।

आज ६ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये १० वटा समूहका सूचक बढेका छन् । वाणिज्य बैंक समूह २.१६ प्रतिशतले बढेको छ । १० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबार विशेषगरी वाणिज्य बैंकसँगै बिमा कम्पनीहरुमा पनि वृद्धि देखिएको छ ।

आज ३०२ कम्पनीको १ करोड ८० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ६४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी होल्डिङस र एनआरएन इन्फ्रास्टक्चर परेका छन् ।

Published Date: 17 February 2025


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग