सोमबार नेप्से परिसूचक २९.८७ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक २९.८७ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, फागुन ५ । सोमबार नेप्से परिसूचक २९.८७ विन्दुले बढेपछि नेप्से सूचक सजिलै २७२७.९१ अंकमा आएको छ । लार्ज क्यापका कम्पनीहरु चल्न थालेसँगै सेयर बजारमा पनि उत्साह थपिएको हो ।

आज ६ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये १० वटा समूहका सूचक बढेका छन् । वाणिज्य बैंक समूह २.१६ प्रतिशतले बढेको छ । १० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबार विशेषगरी वाणिज्य बैंकसँगै बिमा कम्पनीहरुमा पनि वृद्धि देखिएको छ ।

आज ३०२ कम्पनीको १ करोड ८० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ६४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी होल्डिङस र एनआरएन इन्फ्रास्टक्चर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 February 2025
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)