मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौं, माघ २९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्यांकको मूल्य बढेको छ।

अमेरिकी डलर एकको खरिददर एक सय ३९ रूपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रूपैयाँ २७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर एक सय ४४ रूपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ४४ रूपैयाँ ९५ पैसा तोकिएको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रूपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ७४ रूपैयाँ १५ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५३ रूपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ २० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रूपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ २३ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ६७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १२ पैसा र बिक्रीदर १९ रूपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ तीन पैसा र बिक्रीदर ३८ रूपैयाँ १९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २५ पैसा र बिक्री दर ३१ रूपैयाँ ३८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६४ पैसा र बिक्रीदर नौ रूपैयाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२ रूपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ३५ पैसा र बिक्री दर १९ रूपैयाँ ४३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १८ रूपैयाँ एक पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५२ रूपैयाँ ३३ पैसा र बिक्रीदर चार सय ५४ रूपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ७० रूपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ७२ रूपैयाँ ११ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६२ रूपैयाँ ७७ पैसा र बिक्रीदर तीन सय ६४ रूपैयाँ ३२ पैसा निर्धारण भएको छ।

यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

Published Date: 11 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु