किकम्पा मन्टेश्वरीको वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न

किकम्पा मन्टेश्वरीको वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न : Icon Khabar

भक्तपुर, माघ २० । भक्तपुरको सूर्यविनायक इतबुंमा अवस्थित किकम्पा मन्टेश्वरी प्रि स्कूलको वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न भएको छ। गत बुधाबर भक्तपुरमा सो स्कूलको वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न भएको हो।

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा प्रमुख अतिथि जोशीले किकम्पाले बालबालिकाको सार्वाङ्गिन विकासका लागि गर्दै आएको पठन पाठन संगै सम्पूर्ण क्रियाकलाप निकै उत्कृष्ट सावित भएको प्रति प्रशंसा गरिन्।

कार्यक्रममा सम्यक महादान व्यवस्थापन समितिका अध्यक्ष गणेश बजार्चार्य, मध्यपुर थिमी स्थानिय स्काउटका स्थानिय आयुक्त तुलसीजारी प्रजापति, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्याम सुन्दर श्रेष्ठ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा किकम्पा साँस्कृतिक प्रतिष्ठानको स्थापना देखि लिएर किकम्पा मन्टेश्वरीसम्मको एउटा यात्रा बोकेको जानकारीमूलक भिडियो प्रस्तुत गरिएको थियो। विद्यालयमार्फत नै प्री सेकेण्ड कक्षा उत्तिर्ण भई कक्षा १ मा गएका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो।

स्कूलमा अध्ययनरत साना साना विद्यार्थीहरुले आफ्नो नृत्य , गीत संगीत लगायतका धेरै खुराक सांकृतिक कार्यक्रमको दौरान प्रस्तुत गरेका थिए। विद्यालयमा विगत पाँच वर्षदेखि अनवरत रूपमा सेवा गर्दै आएका शिक्षक तथा कर्मचारीहरुलाई सो कार्यक्रममा सम्मान गरिएको थियो।

विद्यालयका प्रबन्ध निर्देशक अच्युत प्रजापतिले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा प्रिन्सिपल राजेश लाखाले विद्यालयको प्रतिवेदन प्रेश गरेका थिए। सो वार्षिकोत्सव तथा दिक्षान्त समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव चन्द्र बजार्चार्यको सभापतित्वमा सम्पन्न भएको थियो।

Published Date: 02 February 2025


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग