फोनिज भक्तपुर शाखा अध्यक्षमा विनोद कोजु सर्वसम्मत चयन

फोनिज भक्तपुर शाखा अध्यक्षमा विनोद कोजु सर्वसम्मत चयन : Icon Khabar

भक्तपुर, माघ १९ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखा अध्यक्षमा विनोद कोजु सर्वसम्मत चयन भएका छन् ।

आज भएको शाखाको पाँचौं अधिवेशनले कोजुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । शाखाको उपाध्यक्षमा राम गोपाल तमखु, सचिवमा दिपक श्रेष्ठ, सह-सचिवमा निशा कुस्मा र कोषाध्यक्षमा किरण सुवाल सर्वसम्मत चयन भएका छन् । यस्तै, दुई सदस्य पछि थप गर्ने गरी सदस्यहरुमा क्रमशः विपना मुसिख्वाल, संगम लामा, जेपी श्रेष्ठ, मिलन प्रजापति, रजित तको, जेनिस वाडे रहेका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा नारायण सुन्दर किलम्बु, मोहन बल्ल र रेनु त्वायनाबासुलाई चयन गरेको छ । यस्तै, प्रदेश प्रतिनिधिमा सुन्दर सिल्पकार, रामचन्द प्रजापति, कृष्ण प्रजापति र नविना खर्बुजालाई चयन गरेको छ ।

नयाँ कार्यसमितिको सपथ र पदस्थापन कार्यक्रम आजै सम्पन्न भएको छ ।

सो अधिवेशनको उदघाटनसत्रमा नेपाल पत्रकार महासंघ केन्द्रका पूर्व सचिव नारायण सुन्दर किलम्बु, फोनिजका केन्दूीय सचिव अन्जना सिल्पकार, फोनिज बागमती प्रदेशका अनुशासन कमिटीका संयोजक बाबुकाजी श्रेष्ठ र फोनिज भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारले आदिबासी जनजातिको अधिकारका लागि जनजाति स्वयम् सचेत हुन आवश्यक रहेको बताए ।

Published Date: 02 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु