फोनिज भक्तपुर शाखा अध्यक्षमा विनोद कोजु सर्वसम्मत चयन

फोनिज भक्तपुर शाखा अध्यक्षमा विनोद कोजु सर्वसम्मत चयन : Icon Khabar

भक्तपुर, माघ १९ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखा अध्यक्षमा विनोद कोजु सर्वसम्मत चयन भएका छन् ।

आज भएको शाखाको पाँचौं अधिवेशनले कोजुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । शाखाको उपाध्यक्षमा राम गोपाल तमखु, सचिवमा दिपक श्रेष्ठ, सह-सचिवमा निशा कुस्मा र कोषाध्यक्षमा किरण सुवाल सर्वसम्मत चयन भएका छन् । यस्तै, दुई सदस्य पछि थप गर्ने गरी सदस्यहरुमा क्रमशः विपना मुसिख्वाल, संगम लामा, जेपी श्रेष्ठ, मिलन प्रजापति, रजित तको, जेनिस वाडे रहेका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा नारायण सुन्दर किलम्बु, मोहन बल्ल र रेनु त्वायनाबासुलाई चयन गरेको छ । यस्तै, प्रदेश प्रतिनिधिमा सुन्दर सिल्पकार, रामचन्द प्रजापति, कृष्ण प्रजापति र नविना खर्बुजालाई चयन गरेको छ ।

नयाँ कार्यसमितिको सपथ र पदस्थापन कार्यक्रम आजै सम्पन्न भएको छ ।

सो अधिवेशनको उदघाटनसत्रमा नेपाल पत्रकार महासंघ केन्द्रका पूर्व सचिव नारायण सुन्दर किलम्बु, फोनिजका केन्दूीय सचिव अन्जना सिल्पकार, फोनिज बागमती प्रदेशका अनुशासन कमिटीका संयोजक बाबुकाजी श्रेष्ठ र फोनिज भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारले आदिबासी जनजातिको अधिकारका लागि जनजाति स्वयम् सचेत हुन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 February 2025
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला