ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा सुरू

ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा सुरू : Icon Khabar

भक्तपुर, माघ १९ । विश्वका विभिन्न देशमा आफ्नो कार्यालय भएको ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको अर्को शाखा भक्तपुरको सूर्यविनायकमा विस्तार भएको छ । भक्तपुर नगरपालिका वडा नं ४ सूर्यविनायकमा उक्त कम्पनीको शाखाको शनिबार उदघाटन भएको हो।

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले उदघाटन गरेको सो एजुकेशनल कन्सल्टेन्सीको सेवा पनि भक्तपुरबाट शनिबार बाट सुरू भएको हो। उप प्रमुख जोशीले भक्तपुर जिल्लामा पनि एउटा गुणस्तरिय एजुकेशन कन्सल्टेन्सी आएकोमा खुशी ब्यक्त गरिन्। उनले आफ्नै ठाउँबाट यस कन्सल्टेन्सीले यहाँका विद्यार्थीहरुलाई राम्रो करियर मार्गनिर्देशन गर्न सहयोग गरी विदेशमा सिकेका सम्पूर्ण सीप र त्यहाँ गरेका अध्ययनको कुरा आफ्नै देशमा फर्केर उपयोग गर्न प्रोत्शाहन गर्नुपर्ने कुरालाई जोड दिईन्।

आर्गास एजुकेशनले विदेशका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुलाई अध्ययन अध्यापनका लागि कन्सल्टेन्सी सेवा प्रदान गर्दै आएको छ । संस्थाले माइग्रेसन र भिसा सर्भिस पनि प्रदान गर्दै आएको छ।यस संस्थाले प्रदान गर्ने विभिन्न सेवाहरु जस्तै IELTS, PTE तयारी कक्षा, करियर काउन्सेलिङ्ग, माइग्रेशन सर्भिसेस लगायतका सम्पूर्ण सेवा तालिम प्राप्त र लाइसेन्स प्राप्त व्यक्तित्वहरुले प्रदान गर्दै आएको छ।

विशेषगरी अस्ट्रेलिया, डेनमार्क, न्युजिल्याण्ड, बेलायत, अमेरिका, क्यानाडा, स्विजरल्याण्ड, आयरल्याण्ड, दक्षिण कोरिया लगायतका देशहरुमा यस कन्सल्टेन्सीलेआफ्नो सेवा दिदै आएको छ ।

आजको उद्घाटन कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी धौबन्जा, भक्तपुर चेम्बर अफ कर्मसका अध्यक्ष कविदास श्रेष्ठ, नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव राम गोपाल कर्माचार्य, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, भक्तपुर टेलरिङ्ग व्यवसायी संघका नि वर्तमान अध्यक्ष गणेश भक्त गोसाई, किकम्पा संस्कृतिक प्रतिष्ठानका अध्यक्ष देव चन्द्र बज्राचार्य, रोटरी क्लब अफ भक्तपुरका प्रसिडेन्ट नोमिनी दशरथ प्रजापति, कान्जिरोवा कलेजका प्रिन्सिपल महेन्द्र खनाल, समाजसेवी तथा राजनीतिज्ञ विनोद कायष्ठ, भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बजार्चार्य लगायतका प्रतिष्ठित व्यक्तित्वहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा आर्गस एजुकेशनका सीईओ अरुण चित्रकार, प्रबन्ध निर्देशक लिजा चित्रकार साथै भक्तपुरका अध्यक्ष अच्युत प्रजापति र निर्देशक किरण सुवालले पनि संस्थाको भावी योजना र सेवाहरुको बारेमा चर्चा गरे। भक्तपुरमा आर्गस एजुकेशनको शाखा विस्तारले अब यहाँका विद्यार्थीहरु कन्सल्टेन्सी सेवा लिन काठमाडौँ गइराख्नु पर्ने झन्झटबाट मुक्त हुनेमा शाखाका अध्यक्ष अच्युत प्रजापतिले विश्वास ब्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 February 2025
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)