ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा सुरू

ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा सुरू : Icon Khabar

भक्तपुर, माघ १९ । विश्वका विभिन्न देशमा आफ्नो कार्यालय भएको ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको अर्को शाखा भक्तपुरको सूर्यविनायकमा विस्तार भएको छ । भक्तपुर नगरपालिका वडा नं ४ सूर्यविनायकमा उक्त कम्पनीको शाखाको शनिबार उदघाटन भएको हो।

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले उदघाटन गरेको सो एजुकेशनल कन्सल्टेन्सीको सेवा पनि भक्तपुरबाट शनिबार बाट सुरू भएको हो। उप प्रमुख जोशीले भक्तपुर जिल्लामा पनि एउटा गुणस्तरिय एजुकेशन कन्सल्टेन्सी आएकोमा खुशी ब्यक्त गरिन्। उनले आफ्नै ठाउँबाट यस कन्सल्टेन्सीले यहाँका विद्यार्थीहरुलाई राम्रो करियर मार्गनिर्देशन गर्न सहयोग गरी विदेशमा सिकेका सम्पूर्ण सीप र त्यहाँ गरेका अध्ययनको कुरा आफ्नै देशमा फर्केर उपयोग गर्न प्रोत्शाहन गर्नुपर्ने कुरालाई जोड दिईन्।

आर्गास एजुकेशनले विदेशका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुलाई अध्ययन अध्यापनका लागि कन्सल्टेन्सी सेवा प्रदान गर्दै आएको छ । संस्थाले माइग्रेसन र भिसा सर्भिस पनि प्रदान गर्दै आएको छ।यस संस्थाले प्रदान गर्ने विभिन्न सेवाहरु जस्तै IELTS, PTE तयारी कक्षा, करियर काउन्सेलिङ्ग, माइग्रेशन सर्भिसेस लगायतका सम्पूर्ण सेवा तालिम प्राप्त र लाइसेन्स प्राप्त व्यक्तित्वहरुले प्रदान गर्दै आएको छ।

विशेषगरी अस्ट्रेलिया, डेनमार्क, न्युजिल्याण्ड, बेलायत, अमेरिका, क्यानाडा, स्विजरल्याण्ड, आयरल्याण्ड, दक्षिण कोरिया लगायतका देशहरुमा यस कन्सल्टेन्सीलेआफ्नो सेवा दिदै आएको छ ।

आजको उद्घाटन कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी धौबन्जा, भक्तपुर चेम्बर अफ कर्मसका अध्यक्ष कविदास श्रेष्ठ, नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव राम गोपाल कर्माचार्य, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, भक्तपुर टेलरिङ्ग व्यवसायी संघका नि वर्तमान अध्यक्ष गणेश भक्त गोसाई, किकम्पा संस्कृतिक प्रतिष्ठानका अध्यक्ष देव चन्द्र बज्राचार्य, रोटरी क्लब अफ भक्तपुरका प्रसिडेन्ट नोमिनी दशरथ प्रजापति, कान्जिरोवा कलेजका प्रिन्सिपल महेन्द्र खनाल, समाजसेवी तथा राजनीतिज्ञ विनोद कायष्ठ, भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बजार्चार्य लगायतका प्रतिष्ठित व्यक्तित्वहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा आर्गस एजुकेशनका सीईओ अरुण चित्रकार, प्रबन्ध निर्देशक लिजा चित्रकार साथै भक्तपुरका अध्यक्ष अच्युत प्रजापति र निर्देशक किरण सुवालले पनि संस्थाको भावी योजना र सेवाहरुको बारेमा चर्चा गरे। भक्तपुरमा आर्गस एजुकेशनको शाखा विस्तारले अब यहाँका विद्यार्थीहरु कन्सल्टेन्सी सेवा लिन काठमाडौँ गइराख्नु पर्ने झन्झटबाट मुक्त हुनेमा शाखाका अध्यक्ष अच्युत प्रजापतिले विश्वास ब्यक्त गरे।

Published Date: 01 February 2025
ताजा
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार: २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढ्यो
मन्त्री चौलागाईंद्वारा तातोपानी–खासा नाका जोड्ने अरनिको राजमार्गका जीर्ण खण्डहरूको अवलोकन
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता