शुक्रबार सुनको मूल्य प्रतितोला रू १ हजारले बढ्यो

शुक्रबार सुनको मूल्य प्रतितोला रू १ हजारले बढ्यो : Icon Khabar

काठमाडौँ, माघ ११ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला रू. एक हजारले बढेको हो ।

बिहीबार प्रतितोला रू. एक लाख ५९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू. एक लाख ६० हजार छ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू. पाँच बढेको छ । बिहीबार प्रतितोला रू. एक हजार आठ सय ७५ मा खरिद बिक्री भएको चाँदी आज प्रतितोला रू. एक हजार आठ सय ८० मा किनबेच हुनेछ । – रासस

Published Date: 24 January 2025






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड