सन्दीप लामिछाने अस्पताल भर्ना

सन्दीप लामिछाने अस्पताल भर्ना : Icon Khabar

काठमाडौं, माघ १० । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । उनी हर्नियाको उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पतालमा भर्ना भएका हुन् । उनको शल्यक्रिया सफल भएको छ । डा. दिपक शर्मा नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको थियो ।

सन्दीपलाई विगत चार वर्षदेखि हर्नियाको समस्या देखिएको थियो । पछिल्लो समय समस्या बढ्दै गएपछि उनले फुर्सदको समय पारेर शल्यक्रिया गराएका हुन् । करिब डेढ घण्टामा शल्यक्रिया सकिएको अस्पतालले जनाएको छ । शल्यक्रियामा सन्दीपलाई पुरै बेहोस बनाइएको थियो ।

सन्दीप ४-५ दिन अस्पतालमा बस्नुपर्ने अस्पतालका प्रवन्धक डा. अभिषेक राज सिंहले जानकारी दिएका छन्। उनी कम्तिमा एक महिना मैदान बाहिर रहने छन् । ‘उहाँले एक महिना रेस्ट गर्नुपर्छ, अन्यथा विभिन्न जोखिमहरु हुन सक्छन्’, डा. सिंहले भने । पेटभित्रका अंग फुलेर बाहिर गाँठो जस्तो देखिने समस्यालाई हर्निया भनिन्छ । पेटको मांसपेसी कमजोर हुँदै गएर प्वाल परेपछि हर्निया हुन्छ । उक्त प्वालबाट पेटभित्रको बोसो आन्द्रा सुन्निएर आउँछ र गाँठो जस्तो देखिने डाक्टरहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 January 2025
Website | + posts


ताजा
कण्डमको प्रयोग किन गर्न आवश्यक छ ?
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर
भक्तपुर नपा र चाँगुनारायण नपाको संयुक्त आयोजनामा खानेपानी मुहान पोखरीमा सरसफाइ
आँपको सिजन सुरु नहुँदै नै बजारमा केमिकल प्रयोग गरेर पकाइएका आँप बिक्रीमा
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग