सन्दीप लामिछाने अस्पताल भर्ना

सन्दीप लामिछाने अस्पताल भर्ना : Icon Khabar

काठमाडौं, माघ १० । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । उनी हर्नियाको उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पतालमा भर्ना भएका हुन् । उनको शल्यक्रिया सफल भएको छ । डा. दिपक शर्मा नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको थियो ।

सन्दीपलाई विगत चार वर्षदेखि हर्नियाको समस्या देखिएको थियो । पछिल्लो समय समस्या बढ्दै गएपछि उनले फुर्सदको समय पारेर शल्यक्रिया गराएका हुन् । करिब डेढ घण्टामा शल्यक्रिया सकिएको अस्पतालले जनाएको छ । शल्यक्रियामा सन्दीपलाई पुरै बेहोस बनाइएको थियो ।

सन्दीप ४-५ दिन अस्पतालमा बस्नुपर्ने अस्पतालका प्रवन्धक डा. अभिषेक राज सिंहले जानकारी दिएका छन्। उनी कम्तिमा एक महिना मैदान बाहिर रहने छन् । ‘उहाँले एक महिना रेस्ट गर्नुपर्छ, अन्यथा विभिन्न जोखिमहरु हुन सक्छन्’, डा. सिंहले भने । पेटभित्रका अंग फुलेर बाहिर गाँठो जस्तो देखिने समस्यालाई हर्निया भनिन्छ । पेटको मांसपेसी कमजोर हुँदै गएर प्वाल परेपछि हर्निया हुन्छ । उक्त प्वालबाट पेटभित्रको बोसो आन्द्रा सुन्निएर आउँछ र गाँठो जस्तो देखिने डाक्टरहरु बताउँछन् ।

Published Date: 23 January 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु