नेपाली महिला र पुरुष दुबै टोली आज खो खो विश्वकपको फाइनल भिड्दै

नेपाली महिला र पुरुष दुबै टोली आज खो खो विश्वकपको फाइनल भिड्दै : Icon Khabar

काठमाडौँ, माघ ६ । नेपालका महिला र पुरुष दुवै टोली खोखो आज (आइतबार) विश्वकपको फाइनल प्रतिष्पर्धा गर्दैछन् । आज दुवै टोलीले खोखो विश्वकपको फाइनल खेल खेल्दैछ । नेपाली राष्ट्रिय पुरुष टिमले खो खो विश्वकपको उपाधिका लागि आज घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । हिजो भएको सेमिफाइनलमा नेपालले उपाधि दाबेदार इरानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २० अंकले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो ।नेपालले भारतसँग पराजित हुँदै विश्वकप यात्रा सुरू गरेको थियो । नेपाल सोही हारको बदला लिने योजनामा हुनेछ । नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा इरानविरुद्ध नेपालले टस जितेर पहिले डिफेन्स रोजेको थियो ।

अपराजित रहँदै अन्तिम चारमा पुगेको इरानले अपेक्षाकृत प्रदर्शन गर्न सकेन । अट्याकमा रहेको इरानलाई नेपालले ८ अंक मात्र जोड्न दियो । नेपालले ड्रिम रनमा तीन अंक बटुल्यो । टर्न टुको सात मिनेटमा नेपालले ३२ अंक हात पार्‍यो। समग्रमा नेपालले ३५–८ को अग्रता सहित इरानमाथि पकड जमाएको थियो ।

तेस्रो टर्नमा डिफेन्समा रहेको नेपालले एक अंक प्राप्त गर्‍यो । तेस्रो टर्नमा इरानले १२ अंक जोडेको थियो । चौथो टर्नमा ५२ अंक थपेपछि नेपाल समग्रमा ७२–२० को जित सहित उपाधि नजिक पुगेको हो । जनक चन्द ‘प्लयेर अफ द म्याच’ बने । समूह चरणमा भारतसँगको हारपछि नेपालले उत्कृष्ट पुनरागमन गर्‍यो । समूह चरणमा नेपालले पेरु, ब्राजिल र भुटानलाई हरायो ।

क्वार्टरफाइनलमा बंगलादेशमाथि जित दर्ता गरेको थियो । इरानले भने जारी विश्वकपमा बेहोरेको यो नै पहिलो हार हो । फाइनल खेल नेपाली समयअनुसार राति साढे ८ बजे सुरू हुनेछ । आजै नेपालको महिला टोलीले पनि भारत विरुद्ध नै महिलातर्फको उपाधिका लागि खेल्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 January 2025
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने