नेपाली महिला र पुरुष दुबै टोली आज खो खो विश्वकपको फाइनल भिड्दै

नेपाली महिला र पुरुष दुबै टोली आज खो खो विश्वकपको फाइनल भिड्दै : Icon Khabar

काठमाडौँ, माघ ६ । नेपालका महिला र पुरुष दुवै टोली खोखो आज (आइतबार) विश्वकपको फाइनल प्रतिष्पर्धा गर्दैछन् । आज दुवै टोलीले खोखो विश्वकपको फाइनल खेल खेल्दैछ । नेपाली राष्ट्रिय पुरुष टिमले खो खो विश्वकपको उपाधिका लागि आज घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । हिजो भएको सेमिफाइनलमा नेपालले उपाधि दाबेदार इरानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २० अंकले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो ।नेपालले भारतसँग पराजित हुँदै विश्वकप यात्रा सुरू गरेको थियो । नेपाल सोही हारको बदला लिने योजनामा हुनेछ । नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा इरानविरुद्ध नेपालले टस जितेर पहिले डिफेन्स रोजेको थियो ।

अपराजित रहँदै अन्तिम चारमा पुगेको इरानले अपेक्षाकृत प्रदर्शन गर्न सकेन । अट्याकमा रहेको इरानलाई नेपालले ८ अंक मात्र जोड्न दियो । नेपालले ड्रिम रनमा तीन अंक बटुल्यो । टर्न टुको सात मिनेटमा नेपालले ३२ अंक हात पार्‍यो। समग्रमा नेपालले ३५–८ को अग्रता सहित इरानमाथि पकड जमाएको थियो ।

तेस्रो टर्नमा डिफेन्समा रहेको नेपालले एक अंक प्राप्त गर्‍यो । तेस्रो टर्नमा इरानले १२ अंक जोडेको थियो । चौथो टर्नमा ५२ अंक थपेपछि नेपाल समग्रमा ७२–२० को जित सहित उपाधि नजिक पुगेको हो । जनक चन्द ‘प्लयेर अफ द म्याच’ बने । समूह चरणमा भारतसँगको हारपछि नेपालले उत्कृष्ट पुनरागमन गर्‍यो । समूह चरणमा नेपालले पेरु, ब्राजिल र भुटानलाई हरायो ।

क्वार्टरफाइनलमा बंगलादेशमाथि जित दर्ता गरेको थियो । इरानले भने जारी विश्वकपमा बेहोरेको यो नै पहिलो हार हो । फाइनल खेल नेपाली समयअनुसार राति साढे ८ बजे सुरू हुनेछ । आजै नेपालको महिला टोलीले पनि भारत विरुद्ध नै महिलातर्फको उपाधिका लागि खेल्दै छ ।

Published Date: 19 January 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु