डियालोको ह्याट्रिकमा युनाईटेडको सहज जित

डियालोको ह्याट्रिकमा युनाईटेडको सहज जित : Icon Khabar

काठमाडौँ, माघ ४ । एमाड डियालोको ह्याट्रिक सहयोगमा इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा म्याचेस्टर युनाइटेडले सहज जित हासिल गरेको छ ।

शुक्रवार बिहान घरेलु मैदानमा भएको खेलमा युनाईटेडले साउथह्याम्पटनमाथि ३-१ को जित निकालेको हो । घरेलु टोलीलाई जित दिलाउँन डियालोले ह्याट्रिक पूरा गरे । पाहुना टोली साउथह्याम्पटनका लागि युनाईटेडले १ गोल उपाहार स्वरुप दिएको थियो ।

खेलमा युनाइटेडका म्यानुअल उगार्टेको आत्मघाती गोलमा साउथह्याम्पटनले सुरुवाती अग्रता लिएको थियो । डियालोले ८२औं, ९०औं र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

जितसँगै युनाइटेड २१ खेलमा २६ अंकका साथ १२औं स्थानमा छ । पराजित साउथह्याम्पटन २१ खेलमा ६ अंकका साथ तालिकाको पुछारमा रहेको छ ।– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 January 2025
Website | + posts






ताजा
बलिउड अभिनेता वरुण धवन घाइते
भारतमा भएको एक कार्यक्रममा एक जना फोटोग्राफरले उदित नारायणलाई चुम्बन गरेपछि
आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदै, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
चीनमा तीन वर्षमा स्थापना भए १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू


ट्रेन्डिङ
२०५८ सालदेखि मौका परीक्षा दिन नपाएका विद्यार्थीलाई मौका परीक्षाको आवेदन खुला
विद्युत प्राधिकरणको लापरबाहीले गर्दा बबरमहलमा मेलम्चीको पाइप फुट्यो: केयुकेएल
ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा सुरू
शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो